वीरगञ्ज । पर्सा र बारामा ३५ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमितमध्ये ११ जना महिला छन् ।
नारायणी अस्पतालको पीसीआर प्रयोगशालमा गरिएको परीक्षका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै पर्सामा कोरोना संक्रमित १ हजार १ सय ४५ पुगेको छ ।
कन्ट्याक्ट ट्रेसिङबाट संकलन गरिएको स्वाब नमुना परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ । अधिकांश संक्रमित घण्टाघर, रानीघाट, घडिअर्वा क्षेत्रका छन् ।
बाराको प्रसौनी गाउँपालिका–१का ३३ वर्षीय पुरुष, वीरगञ्ज कारागारका ३७ वर्षीया महिला र ८ वर्षीय बालकमा कारोना देखिएको छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
