• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

कालिकोटमा वडा सदस्यको घर पहिरोले पुर्दा ६ जनाको मृत्यु


  • खुला नेपाल
  • शुक्रबार, साउन ३०, २०७७
  • 3.8K
    SHARES

प्रतिकात्मक तस्वीर

काठमाडौं । कालिकोटको महाबै गाउँपालिका वडा नम्बर ३ मा पहिरोले वडा सदस्य रजबहादुर विष्टको घर पुरिँदा ६ जनाको मृत्यु भएको छ ।

नकु भन्ने स्थानमा गएराति आएको पहिरोले वडा सदस्य विष्टको घर पुरिएको प्रहरीले जनाएको छ ।

पहिरोमा घर पुरिँदा वडा सदस्य विष्टका दुई छोरा, दुई छोरी र उनका दाजु डिलबहादुर विष्टका दुई छोरी गरी छ जनाको मृत्यु भएको कर्णाली प्रदेशका मुख्यमन्त्रीका स्वकीय सचिव खेम सिंहले जानकारी दिनुभयो । स्वकीय सचिव सिंहले आफू घटनास्थलमा नै भएको र उद्दारमा लागिरहेको बताउनु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कालिकोटले भने मृत्यु हुनेहरु चार जना एकै घरका सदस्य र दुई जना छिमेकी भएको जानकारी गराउँदै उनीहरुको सनाखत हुन बाँकी रहेको जनाएको छ ।

प्रतिक्रिया