• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

विश्वमा २ करोड १३ लाखभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि

शनिबारसम्म ७ लाख ६३ हजार ३ सय ८७ जनाले कोरोनाका कारण निधन


  • खुला नेपाल
  • शनिबार, साउन ३१, २०७७
  • 7.4K
    SHARES

जेनेभा (रासस/एएफपी) । विश्वमा दुई करोड १३ लाख ५७ हजार ८ सय ९० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार जनाएको छ । डब्लूएचओका अनुसार शनिबारसम्म विश्वभरि कोरोना भाइरस सङ्क्रमणबाट ७ लाख ६३ हजार ३ सय ८७ जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् ।

सङ्क्रमितमध्ये हालसम्म १ करोड ४१ लाख ५१ हजार ७ सय ६६ जना निको भई घर फर्किसकेका छन् । ६४ लाख ४२ हजार ७ सय ३७ जनाले भने अझै कोरोना संक्रमणको उपचार गराइरहेका छन् । सङ्क्रमितहरुमध्ये ६४ हजार ५ सय ५९ जनाको अवस्था गम्भीर रहेको छ ।

कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका विश्वमै सबैभन्दा बढी प्रभावित मुलुक हो । डब्लुएचओका अनुसार अमेरिकामा मात्र ५४ लाख ७६ हजार २ सय ६६ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपबाट १ लाख ७१ हजार ५ सय ३५ व्यक्तिको मृत्यु भइसकेको छ ।

दक्षिण अमेरिकामा ५१ लाख ५६ हजार ८२ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ७३ हजार २८३ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ६४ लाख ५४ हजार ७ सय ५९ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ दुई लाख ४४ हजार ९०७ जनाको मृत्यु भएको छ ।

युरोपमा ३१ लाख २९ हजार ५४५ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने दुई लाख २ हजार ५०१ को मृत्यु भएको छ । एसिया ५४ लाख ९० हजार ३०९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १ लाख १७ हजार १३३ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ११ लाख १ हजार ३४२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २५ हजार १४३ जनाको मृत्यु भएको छ । ओसियानामा २५ हजार १३२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ४०५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया