• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

पर्सा र बाराका ६४ जनामा कोरोना संक्रमण पुष्टि


  • खुला नेपाल
  • आइतवार, साउन ३२, २०७७
  • 8.9K
    SHARES

फाइल तस्वीर

वीरगञ्ज । पर्सा र बारामा ६४ कोरोना संक्रमित थपिएका छन् । शनिबार राति ११ बजे आएको रिपोर्टमा ४५ जना र आज बिहान आएको रिपोर्टमा २३ जना नयाँ संक्रमित थपिएका हुन् । जसमा ४ जना भने बाराका रहेका छन् ।

बाराका पन्टोखाका, कलैया – १ र १२ तथा महागढिमाई नगरपालिका ५ कबहीका गरी चार जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालको अस्थायी कोभिड विशेष अस्पताल गण्डकका इन्चार्ज डा.निरज कुमार सिंहले बताउनु भयो ।

थपिएका नयाँ संक्रमितहरु कन्ट्याक्ट ट्रेसिङमा परेका र स्वेच्छाले आफ्नो परिक्षण गराएकाहरु पनि रहेको डा सिंहले बताउनुभयो । संक्रमित मध्ये ८ वर्षका बालकदेखि ७० बर्षीय महिलासम्म रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन कुमार उपाध्यायले बताउनुभयो ।

सुरुका दिनमा वीरगन्ज महानगरपालिका क्षेत्र भित्र मात्र संक्रमित बढि भेटिने गरे पनि पछिल्लो समयमा जिल्लाको पोखरिया नगरपालिका, पर्सागढी नगरपालिका, बहुदरमाई नगरपालिका, र बिन्दबासिनी गाउँपालिकाका पनि संक्रमित देखिएका छन् । यसै गरी महानगरपालिकाका पनि ग्रामिण वडाहरु सोलखपुर, परवानीपुर, इनर्वा जस्ता क्षेत्रका संक्रमित देखिएको नारायणी अस्पतालले जनाएको छ ।

नारायणी अस्पताल, नारायणी बयोधा अस्पताल र प्राइम फार्मास्यूटिकल्स प्रा.लि.का कर्मचारीको पनि रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालले जनाएको छ ।

प्रतिक्रिया