• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

एसईई नतिजा सार्वजनिक


  • खुला नेपाल
  • सोमवार, भदौ १, २०७७
  • 42K
    SHARES

 

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ।

विद्यालय आफैँले मूल्यांकन गरेर पठाएको विद्यार्थीको नतिजालाई रुजु गरेर बोर्डले सार्वजनिक गरेको थियो।
परीक्षामा सहभागी हुन ४ लाख ८२ हजार ९ सय ८६ जनाले फाराम भरेकोमा ४ लाख ७२ हजार ७८ जनाको नतिजा मात्रै प्रमाणिकरण गरिएको छ।

बोर्डले नतिजा प्रकाशनसँग सम्बन्धित सम्पूर्ण काम साउन १९ गते नै सम्पन्न गरेको थियो।

एसईईका परीक्षा नियन्त्रक रामराजा खकुरेलले नतिजाको काम सकेर बोर्डमा जानकारी गराएका थिए।
तर त्यतिखेर नतिजा सार्वजनिक गरेपछि कार्यालयमा सेवाग्राहीको चहलपहल बढ्ने र कोभिड १९ को संक्रमण फैलने त्रासले नतिजा रोकिएको थियो।

तर नतिजाको काम सकेपनि सार्वजनिक गर्न ढिलो भएको भन्दै गुनासो बढेपछि शिक्षा मन्त्रालयको सहमतिमा सोमबार सार्वजनिक गरिएको हो।

बोर्डले शुरुमा चैत ६ गतेको लागि परीक्षाको तालिका सार्वजनिक गरेको थियो। तर कोभिड १९ को संक्रमण बढ्न लागेको भन्दै अघिल्लो दिन मात्रै सरकारले परीक्षा स्थगित गरेको थियो।

प्रतिक्रिया