• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

रुसले बनाएको कोरोना भ्याक्सिनको तेस्रो चरणको मानव परीक्षण हुने


  • खुला नेपाल
  • मङ्लबार, भदौ २, २०७७
  • 12.5K
    SHARES

 

एजेन्सी । रुसले बनाएको कोरोना भाइरसविरुद्धको भ्याक्सिनको तेस्रो चरणको मानवीय परीक्षण हुने भएको छ । दोस्रो चरणको परीक्षणपछि नै भ्याक्सिन उत्पादनका लागि अनुमति दिएको रुसले तेस्रो चरणको परीक्षण पनि गर्न लागेको हो ।

रुसको तास न्यूज एजेन्सीका अनुसार भ्याक्सिनको तेस्रो चरणको मानवीय परीक्षण अबको हप्ता–१० दिनभित्र सुरु हुनेछ । रुसको मस्को क्षेत्रमा हुने यो परीक्षणमा दसौं हजार व्यक्तिको संलग्नता रहनेछ ।

भ्याक्सिनको पहिलो र दोस्रो चरणको परीक्षण तीब्र गतिमा भएको थियो । यो प्रक्रियालाई दुई महिनाभित्र पूरा गरिएको हो ।

यसैबीच, गत हप्ता कोरोना संक्रमणको भ्याक्सिनलाई अनुमति दिएको रुसले आफ्नो भ्याक्सिन स्पुतनिक–५ को एउटा भिडियो जारी गरेको छ । यो भ्याक्सिनले कोरोनाभाइरसलाई नष्ट गरिदिने रुसले दाबी गरेको छ ।

यद्यपि, वैज्ञानिकले रुसको दाबीमाथि चिन्ता व्यक्त गरेका छन् ।

रसियाली डायरेक्टर इन्भेस्टमेन्ट फन्डको तर्फबाट जारी ३८ सेकेन्डको भिडियोमा स्पुतनिक–५ लाई परिदृश्यमा राखेर यसले कोरोना संक्रमणलाई कसरी नष्ट गरिदिन्छ भनेर देखाइएको छ ।

स्पुतनिक न्यूजका अनुसार भ्याक्सिनको उत्पादनको एक भिडियो पनि जारी गरिएको छ । गत हप्ता रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसको रक्षा मन्त्रालय र गामेलया इन्स्टिच्युटको यो भ्याक्सिन निकै प्रभावकारी र कोभिड–१९ महामारीविरुद्ध शरीरमा प्रतिरक्षा प्रणाली विकसित हुने दाबी गरेका थिए ।

 

प्रतिक्रिया