• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

गोकर्णेश्वरमा जब्बर श्रद्धालु (फोटोफिचर)

प्रहरी लखेट्ने–भागी भागी, लुकी लुकी पितृप्रति श्रद्धा


  • कमल राना
  • बुधबार, भदौ ३, २०७७
  • 18.6K
    SHARES

काठमाडौं । आज भाद्र कृष्ण औँसी, बुवाको मुख हेर्ने पर्व । देशभर आफ्ना पितालाई विशेष सम्मान गरी मनाइँदैछ ।

‘पितृदेवो भव’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले बुवालाई विशेष सम्मान गर्छन् । आज छोराछोरीहरूले आफ्नो बाबुलाई मनपर्ने मिठाइ तथा भोजन गराई आदर सम्मान प्रकट गर्ने गर्छन् । यसैकारण आजको दिनलाई ‘बाबुको मुख हेर्ने’ दिन र पितृ दिवससमेत भनिन्छ ।

आमाबाबु नहुनेले आजको दिन तीर्थ गएर श्राद्ध, तर्पण, दान, पुण्य गरी पितृ तार्ने र आफू पुण्यात्मा बन्ने विश्वास गरिन्छ । तर यो वर्ष कोरोनाको कहरले गर्दा मन्दिरहरू बन्द रहेका छन् ।

विगतका वर्षहरूमा मृत पिताका नाममा उपत्यकाको उत्तर–पूर्वी भेगस्थित गोकर्णेश्वरमा गई तर्पण, सिदा दान र श्राद्ध गरि मनाइँन्थ्यो । आज गोकर्णेश्वर र बेत्रावतीलगायत स्थानमा भव्य मेला लाग्थ्यो तर यो वर्ष कोरोनाका कारण गोकर्णेश्वर मन्दिर खुल्ने छैन । मेला पनि लाग्ने छैन ।

गोकर्णेश्वर नगरपालिकाले मेला स्थगित गरे पनि बुवाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरुको सामान्य भीड भने लागेको छ ।

मन्दिर परिसर बन्द गरिएपनि गोकर्णेश्वर भएर बग्ने बागमती नदी किनारमा बुवाप्रति श्रद्धा प्रकट गर्नेहरुको भीड लागेको हो ।

बागमती नदी किनारमा केही संख्यामा प्रहरी परिचालन गरिए पनि पितृप्रतिको श्रद्धाका लागि पुगेका भक्तालुहरुलाई खासै छेक्न सकेन ।

प्रहरीले पूजा नगर्न भन्दै लखेट्न खोजे पनि लुकी लुकी, अटेर गरेरै भएपनि धेरैले आफ्नो दिवंगत पिताप्रति श्रद्धा प्रकट गरेको देखियो ।

 

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

प्रतिक्रिया