• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

भरतपुरको पुरानो मेडिकल कलेजमा मृत्युभएका बिरामीमा कोरोना पुष्टि


  • खुला नेपाल
  • शनिबार, भदौ ६, २०७७
  • 3.4K
    SHARES

 

काठमाडौं । चितवनस्थित भरतपुरको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएका बिरामीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

हेटौंडाका ७५ वर्षीय वृद्धको बिहीबार राति उपचारको क्रममा मृत्यु भएको थियो । उनलाई भदौ तीन गते निमोनिया भएर भरतपुरको पुरानो मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

उपचारका लागि आएलगत्तै उनको स्वाब संकलन गरी चितवन मेडिकल कलेजमा परीक्षणका लागि पठाइएको थियो । स्वाब परीक्षण गर्दा उनमा पोजेटिभ देखिएको छ । तर, चितवन मेडिकल कलेजको ल्याब हालै मात्रै स्थापना गरिएकाले त्यसको विश्वसनीयता परीक्षण गर्न बाँकी रहेकोले रिपोर्ट सार्वजनिक गरिएको थिएन ।

भरतपुर कोभिड ल्यावमा शुक्रबार राति गरिएको भेरिफिकेसन परीक्षणमासमेत उनको रिपोर्ट पोजेटिभ आएको हो ।

कोरोना संक्रमित भएर चितवन जिल्लाका तीनसहित अहिलेसम्म पाँच जनाको मृत्यु भएको छ । बाँकी दुई जना कैलाली र मकवानपुरका हुन् ।

प्रतिक्रिया