पर्सा । पर्सामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा उपचार गराइरहेका संक्रमितको शनिबार बिहान मृत्यु भएको हो ।
पर्साको बहुदरमाई नगरपालिका डोकैला बहुअरी निवासी ६१ वर्षीय पुरुषको बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको हो ।
मुटु, दम र उच्च रक्तचापका बिरामी रहेका ती पुरुषको स्वास्थ्य अवस्था बिग्रिएपछि साउन ३१ मा आफन्तले वीरगन्जको अली अर्थो ट्रमा सेन्टरमा भर्ना गरेका थिए ।
पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई भदौ ४ गते कोरोना अस्पतालमा रेफर गरिएको थियो ।
यसअघि, शुक्रबार वीरगन्जमा दुई कोरोना संक्रमितको मृत्यु भएको थियो । योसँगै वीरगञ्जमा कोरोना संक्रममणबाट कारण मृत्यु हुनेको संख्या ३६ पुगेको छ । मृत्यु भएकामध्ये २७ जना पर्साका, ५ जना बाराका र रौतहटका २ जना छन् ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
