• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

स्वास्थ्यकर्मीमाथि जाइलाग्नेमाथि कडा कारवाही हुन्छ : स्वास्थ्य मन्त्रालय


  • खुला नेपाल
  • आइतवार, भदौ ७, २०७७
  • 8.9K
    SHARES

 

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना विरुद्ध फ्रन्टलाइनमा कार्यरत स्वास्थ्यकर्मीमाथि दुर्व्यवहारमा संलग्‍नमाथि कडा कारवाही हुने बताएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमले आइतबार नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने जोसुकैलाइ पनि कारवाही गर्न मन्त्रालयले निर्देशन दिएको बताउनुभयो ।

यस्तो संकटको बेला उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार र अपमानजनक घटनाको मन्त्रालयले कडा निन्दा गरेको छ ।

मन्त्रालयले निजामती कर्मचारी अस्पतालका डाक्टरमाथि दुर्व्यवहार गर्ने मिलन चोकका स्थानीयमाथि कारवाही गर्न जिल्ला प्रशासन कार्यालयलाई पत्राचार समेत गरिसकेको छ ।

यस्तो गलत कुरालाई कसैले पनि प्रोत्साहन नगर्न समेत मन्त्रालयले सबैलाइ आग्रह गरेको छ ।

काठमाडौका प्रमुख जिल्ला अधिकारी जनक दाहालले दोषीलाई समातेर कानुन अनुसार ६ महिना जेल हाल्ने सार्वजनिक प्रतिक्रिया दिइसक्नुभएको छ ।

प्रतिक्रिया