काठमाडौं । विभिन्न १० वटा निर्णय गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) को युरोप क्षेत्रका राष्ट्रिय समन्वय परिषदका महिला संयोजकहरुको दोश्रो बैठक सम्पन्न भएको छ।
अगष्ट २३, २०२० आइतबार जुम सिष्टममा भएको बैठक युरोप क्षेत्रकी संयोजक योगिता थापाको अध्यक्षतामा भएको थियो । बैठकमा एनआरएनए महिला उपाध्यक्ष रबिना थापा, महिला संयोजक भुमा लिम्बुको उपस्थित रहेको थियो। बैठकले विभिन्न १० वटा निर्णय गर्दै लकडाउन डायरी प्रकाश र महिला आवाज प्रकाशन गर्ने निर्णय गरेको छ।
बैठकमा उपाध्यक्ष रबिना थापाले एनआरएनएका पछिल्ला गतिबिधि, निर्णयहरू र आफ्नो महिला तथा युवा विभागका गतिबिधिबारे, महिला कल्याणकारी कोष र पहिला संबन्धि बिभागका परियोजना संबन्धि पनि जानकारी गराउनु भयो। साथै उपाध्यक्ष थापाले बैठकमा एनसीसी महिलाहरुको लागि कामको थप जिम्मेवारी पनि दिनुभयो।
त्यसैगरी एनआरएनए महिला संयोजक भुमा लिम्बुले महिलाहरुको सबै ६ वटा क्षेत्रमा भएका गतिबिधिहरुबारे जानकारी भयो। बिशेष गरि महिला हिँसा र कोभिड १९ का बेला भएका समस्या र गरिएका गतिबिधि, संस्थामा आर्थिक र अन्य गतिबिधिबारे पारदर्शिता हुनुपर्ने र त्यससंबन्धि आफूहरुले गरेका कामहरुको जानकारी गराउनु भयो। उहाहरु दुबैजनाले आफूहरुले बिभागको कामलाइ कसरी संयोजन गरियो भन्ने कुरा पनि जानकारी गराउनु भयो।
युरोप क्षेत्रकी महिला संयोजक योगिता थापाले संचालन गरेको बैठकले महिला हिँसा, महिला गतिबिधि र अन्य गतिबिधि संबन्धि जानकारी र छलफल भए। बैठकमा हरेक एनसीसी महिला संयोजकहरुले आफ्नो देशको गतिबिधी र अन्य जानकारी दिनुभयो। बिशेषगरी सो क्षेत्रमा भएका महिला हिँसाको अवस्था, कोभिड १९ को अवस्था र अन्य नियमति गतिबिधिबारे जानकारी गराउनु भयो।
बैठकले गरेका निर्णयहरु-
१। महिला तथा युवाहरुको लागि फण्ड रेज कार्यक्रम गर्ने। यस्तो रकम रकम महिला र युवाका अन्य गतिबिधिमा खर्च गर्ने। यसका लागि सुनिता थापा क्रान्हले संयोजन गर्ने
२। महिलाहरुको बिषय समेटेर कोभिड १९ लकडाउन डायरी प्रकाशन गर्ने यसकाल लागि युरोपमा योगिता थापाले संयोजन गर्ने
३। महिला आवाज नियमित प्रकाशन गर्ने
४। कलेक्टिभ ब्यबसाय गर्न छलफल र प्रयास गर्ने
५।महिला शक्स्तीकरण र महिला चेतनशील कार्यक्रम संचालन गर्ने(यसको संयोजन मिली उपाध्याय कोइरालाले गर्ने
६। क्षेत्रमा महिला डाटाबेस तयार गर्ने
७।बैदेशिक रोजगारी र अध्ययन गर्न आउने महिलाहरुको लागि संबन्धित देशबारे जानकारी मुलक कार्यक्रम संचालन गर्ने(यसको संयोजन योगिता थापाले गर्ने
८।यसबाहेक महिला नेतृव बिकासका लागि नियमित छलफल र गतिबिधि बढाइने र नेतृत्व बिकासको लागि आपसी सपोर्ट गर्ने
९। सबै बिषयलाई बृहत रुपमा सफल रुपमा संचालन गर्नको लागि युरोप क्षेत्रको अर्को बैठक छिट्टै गर्ने
१० त्यसैगरी एनसीसी महिला फोरम गठन नभएका देशमा सो को गठन गर्ने निर्णय गरियो
बैठकमा युरोप क्षेत्रका एनसीसी महिला संयोजकहरु दुर्गा थापा के सी- लक्जम्बर्ग, सुशिला खतिवडा-बेल्जियम, सुमी गुरुङ-स्पेन, सुशिला थापा-पोर्चुगल, सुनिता थापा क्रान्ह-जर्मनी, मिली उपाध्याय कोइराला-फ्रान्स हुनुहुन्थ्यो ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
