• मङ्लबार, साउन १२, २०८३
  • Tuesday 28th July 2026

बरिष्ठ सहसचिवहरु प्रदेशतिर, ६० जनाको सरुवा (सूचीसहित)


  • खुला नेपाल
  • बुधबार, भदौ १०, २०७७
  • 20.1K
    SHARES

काठमाडौं । सरकारले बरिष्ठ सहसचिवहरुलाई प्रदेश प्रशासनतर्फ पहिलोपल्ट खटाएको छ ।
बुधवार ६० सहसचिव सरुवाका क्रममा बरिष्ठहरुलाई उपत्यका बाहिर पठाइएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालयहरुमा कार्यरत सहसचिवहरुको सरुवा गरेको हो । मन्त्रालयले विभिन्न मन्त्रालयका प्राविधिक तथा प्रशासनिक तर्फका सहसचिवहरु सरुवा भएका हुन् ।

यसरी सरुवा हुने सह सचिवहरुमा दिनेश कुमार घिमिरे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट १ नम्बर प्रदेश मुख्यमन्त्री कार्यालय, सञ्चार मन्त्रालयमा कार्यरत राधिका अर्याललाई बाग्मती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा खटाइएको छ ।
पुननिर्मण प्राधिकरणमा कार्यरत चुणामणि पौडेल आन्तरिक मामिला तथा कानुन मन्त्रालय सूदुरपश्चिम, गृह मन्त्रालयका महादेव पन्थीलाई सामजिक विकास मन्त्रालय ५ नम्बर प्रदेशमा सरुवा भएको छ ।
स्वास्थ्यका सह सचिव रघुराम विष्ट सामाजिक विकास मन्त्रालय सूदुरपश्चिममा सरुवा भएको छ । प्रधानमन्त्री कार्यालयका राजेन्द्र पौडेल १ नम्बर प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सरुवा भएको छ ।

हेरौं सहसचिव सरुवाको सूची :

प्रतिक्रिया