• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

कोरोनाले धरानमा सिरहाका ८४ वर्षीय वृद्धको मृत्यु


  • खुला नेपाल
  • शनिबार, भदौ १३, २०७७
  • 4.3K
    SHARES

स्केच

 

विराटनगर । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ ।

सिरहा जिल्लाको भदैया-६ का ८४ बर्षीय वृद्धको गएराती ११ बजेर २० मिनेटमा निधन भएको प्रतिष्ठानले जनाएको छ ।

प्रवक्ता डा.निदेश सापकोटाका अनुसार मृतक भदौ ६ गते प्रतिष्ठानमा भर्ना भएका थिए भने उनको भदौ ७ गते पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई मृगौलाको समस्या भएर डाइलाइसिस पनि गरिएको प्रवक्ता डा.सापकोटाले जानकारी दिनुभयो ।

उनलाई अत्याधिक खोकी, श्वास फेर्न समस्या र ज्वरो आएपछि परिवारले वीपी प्रतिष्ठान ल्याएका थिए । इर्मजेन्सीबाट मेडिसिन वार्डमा सारिएको र त्यहाँ रिपोर्ट पोजेटिभ आएपछि कोभिड अस्पतालमा स्थानान्तरण गरिएको थियो ।

प्रतिष्ठानमा हालसम्म उपचारको क्रममा मृत्यु हुने कोरोना संक्रमितको कुल संख्या १६ पुगेको छ ।

प्रतिक्रिया