• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

जोगी र दुःखीको भेट

दुई नदीको लहर जस्तै संगम । दोभानमा भेट भाको ।।


  • सावित्री विक
  • शनिबार, भदौ १३, २०७७
  • 14.9K
    SHARES

दुई नदीको लहर जस्तै संगम ।
दोभानमा भेट भाको ।।
एउटा रहेछ जोगी नाम अर्को ।
दुःखी नाम भाको ।।

दुःखी को रहेछ कम ज्ञान ।
जोगी धेरै ज्ञानको ।।
नक्कल झक्ल केही रहेन छ ।
लेख्ने रहिछ बानीको ।।

मनमा धेरै माया दया अझै धेरै ।
दया रहेछ आँखा मा ।।
अन्धा लुला लङगडा देख्न
नहुने रहेछ कतै बाटामा ।।

देख्यो भने दिनरात पोलिरहन्छ रे ।
त्यो बिसाल छाती
मनका कुरा खोल्ने ठाउँ ।
एउटामात्र दुःखी रहेछ ।
उसको साथी ।।

नयन ती ठूलठूला
सफा कन्चन मनको ।
छैन रहेछ कुनै प्रवाह
सम्पत्ति र धन को ।।

भेट नहुने बाचा छ दुःखीको
भेट भए एक मात्र ।
जोगी भन्छ कहिले न
छुटोस है हाम्रो यो सच्चा मित्र ।।

गया नै जान्छौ कि जोगी
अझै धेरै ज्ञान लिन ।
दुःखीलाई पो प्रश्न गर्छन्
भेदभाव छ यहाँ किन ।।

दुःखी त आफैं दुःखी यहाँ
यी सबै कुरा देखि देखि।
भनिदेउन जोगी तिमी त
लेख्ने मान्छे के राखेका छौ लेखी ।।

मान्छे मान्छे एउटै हो
किन छ यहाँ भेद र भाव ।
बिभेदको विरुद्धमा
उठ्नु है यहीँ थियोे जवाफ ।।

दुःखी भन्छ यी विरुद्धमा
तिमी उठ मेरो बेला गैसक्यो ।
कहिले उठछौ जोगि विरुद्धमा
अबत अबेला भै सक्यो ।।

दुःखी भन्छ जोगी भन्दा
पहिलै जान्छु म मोरेर ।
तिमि आउने बाटोमा
राक्छु मैले कमलको फुल गोडेर ।।

रिस उठे नबोलिदे जोगी
दुःखीलाई छैन कुनै प्रवाह ।
तर रहनेछन यि यादहरु
नदेखिने छन जहाँ ।।

बुटवल –११

प्रतिक्रिया