दुई नदीको लहर जस्तै संगम ।
दोभानमा भेट भाको ।।
एउटा रहेछ जोगी नाम अर्को ।
दुःखी नाम भाको ।।
दुःखी को रहेछ कम ज्ञान ।
जोगी धेरै ज्ञानको ।।
नक्कल झक्ल केही रहेन छ ।
लेख्ने रहिछ बानीको ।।
मनमा धेरै माया दया अझै धेरै ।
दया रहेछ आँखा मा ।।
अन्धा लुला लङगडा देख्न
नहुने रहेछ कतै बाटामा ।।
देख्यो भने दिनरात पोलिरहन्छ रे ।
त्यो बिसाल छाती
मनका कुरा खोल्ने ठाउँ ।
एउटामात्र दुःखी रहेछ ।
उसको साथी ।।
नयन ती ठूलठूला
सफा कन्चन मनको ।
छैन रहेछ कुनै प्रवाह
सम्पत्ति र धन को ।।
भेट नहुने बाचा छ दुःखीको
भेट भए एक मात्र ।
जोगी भन्छ कहिले न
छुटोस है हाम्रो यो सच्चा मित्र ।।
गया नै जान्छौ कि जोगी
अझै धेरै ज्ञान लिन ।
दुःखीलाई पो प्रश्न गर्छन्
भेदभाव छ यहाँ किन ।।
दुःखी त आफैं दुःखी यहाँ
यी सबै कुरा देखि देखि।
भनिदेउन जोगी तिमी त
लेख्ने मान्छे के राखेका छौ लेखी ।।
मान्छे मान्छे एउटै हो
किन छ यहाँ भेद र भाव ।
बिभेदको विरुद्धमा
उठ्नु है यहीँ थियोे जवाफ ।।
दुःखी भन्छ यी विरुद्धमा
तिमी उठ मेरो बेला गैसक्यो ।
कहिले उठछौ जोगि विरुद्धमा
अबत अबेला भै सक्यो ।।
दुःखी भन्छ जोगी भन्दा
पहिलै जान्छु म मोरेर ।
तिमि आउने बाटोमा
राक्छु मैले कमलको फुल गोडेर ।।
रिस उठे नबोलिदे जोगी
दुःखीलाई छैन कुनै प्रवाह ।
तर रहनेछन यि यादहरु
नदेखिने छन जहाँ ।।
बुटवल –११
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
