• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

सातौं राष्ट्रिय एष्ट्रोनोमी ओलम्पियाड २०२० को अन्तिम चरणको नतिजा प्रकाशन


  • खुला नेपाल
  • शनिबार, भदौ १३, २०७७
  • 10.5K
    SHARES

साउन १० देखि १६ गतेसम्म संचालित ‘सातौं राष्ट्रिय एष्ट्रोनोमी ओलम्पियाड २०२०’ को तेस्रो तथा अन्तिम चरण (बन्द शिविर) को नतिजा आज प्रकाशन गरिएको छ ।

बन्द शिविरमा नेपालका ७ वटै प्रदेशमा संचालन भएको प्रथम तथा दोस्रो चरणबाट छनौट भएका ३९ विद्यार्थीले सक्रिय सहभागीका जनाएका थिए। यस बर्ष सिनियरतर्फ सेन्ट जेभियर्स स्कुल, जावलाखेल, ललितपुरका आकाश गुरुङ प्रथम भएका छन् ।

कोभिड–१९ को महामारीबिच यस वर्ष बन्द शिविर भर्चुअल रुपमा सञ्चालन गरिएको थियो । बन्द शिविरमा विद्यार्थीलाई स्वदेश तथा विदेशमा रहनुहुने नेपाली तथा विदेशी विषय विज्ञहरुमार्फत खगोल तथा अन्तरिक्ष विज्ञान सम्बन्धि सैद्धान्तिक तथा प्रयोगात्मक कक्षाहरु संचालन गरिएको थियो ।

शिविरमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरुलाई यस बर्ष संचालन हुने विभिन्न अन्तरराष्ट्रिय एष्ट्रनोमी ओलम्पियाडमा सहभागिताको अवसर प्रदान गरिनेछ। यस वर्ष प्रायः अन्तर्राष्ट्रिय ओलम्पियाडहरु भर्चुअल तरिकाले संचालन हुँँदैछन् ।

कोभिड–१९ को महामारीले कार्यक्रम आयोजना गर्न असहज परिस्थिति सृजना भएको भए पनि हामीले विद्यार्थीको मिहिनेत र लगनशीलता खेर जान नदिन भर्चुअल तरिकाले भएपनि बन्द शिविर सञ्चालन गरेका हौं ।

प्रयोगात्मक पक्षको कक्षाहरु सोचेजस्तो गर्न कठिन भएपनि अन्य पक्षहरु विगतमा भन्दा राम्रोसंग संचालन गर्न सक्षम ‘राष्ट्रिय एष्ट्रोनोमी ओलम्पियाड’ मार्फत् हामीसंग जोडिनुभएको संपूर्णमा हार्दिक धन्यवाद् व्यक्त गर्न चाहन्छौं ।

लकडाउन अघि यस बर्ष सञ्चालन गरिएको जुनियरतर्फ रेन्बो एकेडेमिक होम्स सेकेन्डरी स्कुल, पोखरा, कास्कीका श्री सञ्जय श्रेष्ठ प्रथम भएका थिए। कार्यक्रममा कक्षा ८–१२ सम्मका १३–१९ बर्षका नेपाली विद्यार्थीहरुले भाग लिन पाउँछन् ।

प्रतिक्रिया