• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

भारतमा एकैदिन झन्डै ७९ हजारमा कोरोना संक्रमण

कोरोना सङ्क्रमितको सङ्ख्या भारतमा साढे ३५ लाखनजिक


  • खुला नेपाल
  • आइतवार, भदौ १४, २०७७
  • 7.4K
    SHARES

नयाँ दिल्ली (रासस/एएनआई) । भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या वृद्धि हुने क्रममा आइतबार अहिलेसम्मकै एकैदिन सबैभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ७८ हजार ७ सय ६१ जना कोरोना भाइरस पुष्टि भएको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार योसँगै भारतका कुल सङ्क्रमितहरुको सङ्ख्या ३५ लाख ५० हजारको नजिक पुगेको छ ।

पछिल्लो एक दिनको विवरणमा कोरोनाका कारण मृत्यु भएकाहको सङ्ख्या ९ सय ४८ रहेको उल्लेख गरिएको छ ।

भारतमा कोरोना सङ्क्रमितमध्ये ७ लाख ६५ हजार ३०२ जना अझै पनि उपचार गराइरहेका छन् ।

कूल सङ्क्रमितमध्ये २७ लाख १३ हजार ९ सय ३४ जना भने उपचारपछि घर फर्किसकेको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।

भारतमा कोरोनाका कारण अहिलेसम्म ६३ हजार ४ सय ९८ जनाको मृत्यु भएको मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ ।

कोरोनाभाइरसबाट विश्वमै धेरै प्रभावित देशहरुको सूचीमा रहेको भारतमा सवैभन्दा धेरै महाराष्ट्र प्रदेश प्रभावित भएको छ ।

प्रतिक्रिया