काठमाडौं । भारतमा आइतबार विश्वकै अहिलेसम्मको धेरै कोरोना संक्रमित पाइएको छ । भारतमा एकैदिन ७८ हजार ७ सय ६१ जना संक्रमित थपिएका छन् ।
विश्वको तेस्रो उच्च सङ्क्रमित सङ्ख्या रहेको भारतमा हालसम्म कोरोना संक्रमितको कुल संख्या ३६ लाख पार गरेको छ ।
यसअघि १७ जुलाईमा ७८ हजार २ सय ९९ संक्रमितसहित अमेरिकामा विश्वकै उच्च दैनिक सङ्क्रमण पाइएको थियो ।
दशौँ लाखले रोजगारी गुमाएको मार्च महिनायताको पुष्ठभूमिमा सरकारले अर्थतन्त्र उकास्ने प्रयासस्वरूप प्रतिबन्धहरू क्रमश: हटाइरहँदा त्यस्तो वृद्धि देखिएको हो ।
आइतवार विश्वमा पुष्टि भएका संक्रमितको सङ्ख्या साढे दुई करोड नाघ्दा कोभिड-१९ भएर ज्यान गुमाउनेको सङ्ख्या आठ लाख ४३ हजार पुगेको छ।
जोन्स हप्किन्स् विश्वविद्यालयको अनुसन्धानका अनुसार करिब ६० लाख सङ्क्रमितसहित अमेरिका सबैभन्दा उच्च प्रभावित देशको रूपमा छ ।
कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपनि भारत सरकारले प्रतिबन्ध खुकुलो पार्न चाहिरहेको छ ।
अर्को महिनाबाट मास्क र सामाजिक दूरी कायम राख्दै एक सयजनासम्म भेला हुन पाइने सांस्कृतिक, मनोरञ्जन र खेलकुदका गतिविधि सञ्चालन हुने छन् ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
