• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

ब्राजिलमा पनि कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्दै, १ लाख २० हजार नाघ्यो


  • खुला नेपाल
  • सोमवार, भदौ १५, २०७७
  • 5K
    SHARES

फाइल तस्वीर

ब्रासिलिया (रासस/एएनआई) । कोरोना भाइरससँग लडिरहेको ब्राजिलमा गएको २४ घन्टाभित्र १६ हजार जनाभन्दा बढी सङ्क्रमितहरु भेटिएका छन् ।

प्राप्त समाचारअनुसार यहाँ पछिल्लो २४ घण्टामा मात्र १६ हजार १ सय ५८ जना कोभिड १९ का सङ्क्रमित भेटिएका हुन् । तर अधिकारीहरुले यो संख्या भने पहिलेको भन्दा निकै कम भएको बताएका छन् ।

त्यसैगरी पछिल्लो २४ घन्टाभित्र ३ सय ६० जनाको मृत्यु भएको ब्राजिलको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

यहाँ यसअघिका दिनहरुको तुलनामा सङ्क्रमितको संख्यामा भने कमी आएको बताइएको छ । प्राप्त समाचारमा यहाँ अघिल्लो हप्तामा दिनमा ५० हजारसम्ममा सङ्क्रमण देखिएको थियो ।

तर त्यो संक्रमणको संख्या घटेर १६ हजारमा आएको हो । सङ्क्रमितको संख्याका साथै मृत्युमा पनि कमी आएको मन्त्रालयको दाबी छ ।

सो मन्त्रालयले दिएको जानकारीअनुसार ब्राजिलमा मृत्यु हुने संक्रमितको संख्या १ लाख २० हजार ८ सय पुगेको छ
। यहाँ सङ्क्रमितको संख्या भने ३८ लाख ६२ हजार ३ सय ११ पुगेको छ ।

गत शनिबार पनि यहाँ ४० हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै ७ सयभन्दा बढीको सोही दिन मृत्यु भएको थियो । त्यसको तुलनामा आइतबारको संख्या निकै कम हो ।

कोरोना संक्रमितमध्ये ३० लाखभन्दा बढी निको भएर घर फर्किएका छन् । ब्राजिल संयुक्त राज्य अमेरिकापछि धेरै संक्रमित देखिएको मुलुक हो । कोरोना प्रभाव सबैभन्दा बढी परेको अमेरिकामा करिब ६० लाखमा संंक्रमण पुष्टि भइसकेको छ ।

प्रतिक्रिया