विराटनगर । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठामा उपचारको क्रममा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
सिरहाका मिचैया-६, का ६५ बर्षीय वृद्धको उपचारका क्रममा सोमबार राति ८ बजेर ४५ मिनेटमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
ती व्यक्तिमा भदौ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । विराटनगरको बिराट मेडिकल कलेजबाट रिफर भएका उनी वीपी प्रतिष्ठानमा भदौ १० गते साँझ ७ बजे भर्ना भएको प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिनुभयो ।
ज्वरो, खोकी, श्वास फेर्न कठिन र अत्यधिक टाउको दुख्ने समस्या भएका उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने भएपछि बिराटबाट रिफर गरी धरान पठाइएको थियो ।
मृतक पहिलादेखि नै मधुमेह र उच्च रक्तचापको दीर्घ रोगी पनि थिए । योसँगै प्रतिष्ठानमा मृत्यु हुनेको संख्या ११ पुगेको छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
