• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

जोकोभिचको दुर्भाग्य : लाइन जजलाई बलले हानेपछि यूएस ओपन टेनिसमा अयोग्य


  • खुला नेपाल
  • सोमवार, भदौ २२, २०७७
  • 8.4K
    SHARES

 

एजेन्सी । कहिलेकाहीँ सामान्य बेहोसीपन तथा लापरबाहीका कारण खेलाडीहरूले ठूलो मूल्य चुकाउनु पर्छ । कोरोना महामारीका बीच सुरू भएको जारी यूएस ओपन टेनिसमा शीर्ष वरियताका नोभाक जोकोभिचका लागि यस्तै दुर्भाग्य बन्न पुगेको छ ।

स्पनेका पाब्लो कार्रेनो बुस्टासँगको खेलमा जोकोभिचले प्रहार गरेको बलले लाइन जर्जलाई लागेपछि अयोग्य घोषित हुँदै प्रतियोगिताबाट बाहिरनु परेको छ ।

बुस्टाविरुद्धको खेलमा ६-५ ले पछि परेपछि केही हताश बनेका जोकोभिचले हाफ पाइन्टको गोजीबाट बल झिकेर टेनिस र्‍याकेटले कोर्ट भन्दा बाहिर प्रहार गरेको बलले लाइन जर्जलाई लागेको थियो ।

सर्वियाका विश्व नम्बर एक खेलाडी ३३ बर्षका जोकोभिचले सर्भिस गुमाएपछि रिस पोख्ने क्रममा बललाई प्रहार गरेका थिए । केही समयको छलफलपछि उनलाई अयोग्य घोषित गर्दै प्रतियोगिताबाट बाहिर राख्ने निर्णय गरिएको थियो ।

‘ग्रान्डस्लाको नियम अनुसार, बुझेर बललाई खतरनाक तरिकाले हान्ने वा कोर्टभित्र लापरवाही तरिकाले खेल्ने वा लापरवाही तरिकाले बललाई हान्ने कारणले प्रतियोगिताको रेफ्रीले नोभाक जोकोभिचलाई सन् २०२० यूएस ओपन टेनिसबाट अयोग्य घोषित गरेका छन् ।’ यूएस टेबल टेनिस संघद्धारा जारी बिज्ञप्तीमा भनिएको छ ।

‘प्रतियोगितामा चुकेपछि जोकोभिचले यूएस ओपनमा पाएका सबै अंक गुमाउनेछन् । उनले प्राप्त गर्ने पुरस्कार राशीमा समेत जरिवाना स्वरुप कटौती गरिनेछ ।’ बिज्ञप्तीमा भनिएको छ ।

उनलाई यूएस ओपन टेनिसको बलियो दाबेदार मानिएको थियो । कोरोनाका कारण पहिलो पटक यूएस ओपन बन्द कोर्टमा खेलाईएको थियो ।

जोकोभिच करियरको १८ औं ग्रान्डस्लाम जित्दै राफेल नाडाल र रोजर फेडेररको नजिक जान चाहन्थे । दुवै जना यूएस ओपन टेनिसमा सहभागी छैनन् ।

फेडररले २० ग्रान्डस्लाम र नाडालले १९ ग्रान्डस्लाम उपाधि जितेका छन् ।

प्रतिक्रिया