• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

राष्ट्रपतिको सञ्चार सल्लाहकारमा ढकाल


  • खुला नेपाल
  • सोमवार, भदौ २२, २०७७
  • 12.2K
    SHARES

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सूचना तथा सञ्चार विज्ञ सल्लाहकारमा टिका ढकाललाई नियुक्त गर्नुभएको छ ।

पाँचथर निवासी ४५ वर्षीय ढकाललाई राज्यमन्त्रीसरहको सेवा सुविधा पाउने गरी विज्ञ सल्लाहकार नियुक्त गर्नुभएको हो ।

यसअघि राष्ट्रपतिको सञ्चार पोखराका पत्रकार माधव शर्माले हेर्दै आउनुभएको थियो । शर्मासहित सुरक्षा सल्लाहकार नेत्र थापा र विज्ञ सल्लाहकार सुशील प्याकुरेलले राजीनामा दिइसक्नुभएको छ ।

ढकाल अन्तर्राष्ट्रिय मामिलाका विज्ञ हुनुहुन्छ । उहाँले त्रिभूवन विश्वविद्यालयबाट अंग्रेजी र राजनीतिशास्त्र तथा अमेरिकाबाट द्वन्द्व व्यवस्थापनमा स्नातकोत्तर गर्नुभएको छ ।

पाँचथर र काठमाडौंमा अध्यापनसमेत गराउनुभएका ढकालले सार्क विकास कोषसहित केही अन्तर्राष्ट्रिय संस्थामा काम गर्नुभएको छ ।

राष्ट्रपतिको विज्ञ सल्लाहकार ढकालसहित अब तीन सदस्य पुगेको छ । यसअघि नै लालबाबु राउत र लक्ष्मी कार्कीले विज्ञ सल्लाहकारकोरुपमा काम गर्दै आउनुभएको थियो ।

प्रतिक्रिया