वाथ प्रेसरका डाक्टर भन्छन् बाहिर जानुस्
कोरोनाका डाक्टर भन्छन् भित्रै बसी खानुस्
नहिँडौँ त प्रेसर बढ्ने हिँडौँ भाइरस सर्लान्
रोगी,गरिब र श्रमजीवी सब तड्पियर मर्लान्
कोही भन्छन् मास्क चस्मा ग्लोव धारण गर्नु
कोही भन्छन् नाक र मुख ढाकि किन मर्नु ?
कोही भन्छन् बेसार पानी खाउँ भाइरस मर्छ
कोही भन्छन् पक्का पनि सारालाइ रोग सर्छ
डाक्टर पिच्छे अनेक कुरा कस्का कुरा पत्याउँ
कोही फटाहा लागेका छन् सँसारलाइ अत्याउँ
कोही पापीलाई रोग लाग्यो नियत सबमा सार्ने
आफूलाई रोग सल्किहाल्यो अरुलाई नि मार्ने
यस्तो दुष्ट प्रवृत्ति चाहिँ नहोस् कोहीको मनमा
जोखिम्युक्त जीवन हाम्रो अन्धकारको वनमा
जति लाग्यो संक्रमितले छुटकारा पाई आउन्
सबै रोगमुक्त बन्दै रमाउन् पुनर्जीवन पाउन्।
गोरखा बजार
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
