• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

निषेधाज्ञा सर्तसहित खुकुलो, फेरी जोर/विजोर


  • खुला नेपाल
  • बुधबार, भदौ २४, २०७७
  • 12.8K
    SHARES

काठमाडौंमा सटडाउनको अवस्थामा देखिएको न्यूरोड क्षेत्र क्षेत्र । तस्बिर : चन्द्रकला क्षेत्री/रासस

 

काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबारबाट सर्तसहित यातायात र ब्यापार, व्यवसायलाई खुकुलो पारिएको छ ।

भदौ ३ गतेदेखि काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञा खुकुलो गर्दै बिहीवारबाट यातायात र व्यापार/व्यवसाय क्षेत्रका लागि खुल्ला गर्ने निर्णय भएको हो ।
यातायातमा जोर, विजोर प्रणाली अपनाइएको छ ।

काठमाडौंका उपत्यकाका तीनओटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु सम्बन्धित क्षेत्रका पदाधिकारीसँगको परामर्शपछि सार्वजनिक र निजी यातायातमा जोरबिजोर लागू गर्ने र व्यापार/व्यवसायलाई शर्तसहित खोल्न दिने निर्णयमा पुगेका हुन ।

काठमाडौंका प्रमुख जिल्ला अधिकार जनकराज दाहालका अनुसार निषेधाज्ञालाई निकै खुकुलो गरी ब्यापार ब्यवसाय सञ्चालन गर्न दिने निर्णय भएको छ । अन्य क्षेत्रका लागि भने भदौ ३१ गतेसम्म निषेधाज्ञा जारी रहने छ ।

उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले आधिकारिक निर्णय सार्वजनिक गर्ने तयारी गरिररहेका छन् ।
व्यापार व्यवसाय खोल्न दिने शर्तहरुबारे औपचारिक निर्णयमा विस्तृतमा खुलाइने छ ।

काठमाडौं उपत्यका प्रवेश गर्ने सवारीसाधनहरुका लागि भने यसअघि कै कडा प्रावधान कायम गरिने प्रजिअ दाहालले जानकारी दिनुभयो ।

यस्तै शैक्षिक संस्था, फिल्म हल र जिमखाना लगायत यसअघि बन्द गरिएका क्षेत्रलाई पनि पहिलाकै ब्यवस्था कायम गरिएको छ । उपत्यकाका तीनै जिल्ला प्रशासनले लगाएको निषेधाज्ञाको अवधि बुधबार मध्यरातसम्म रहेको छ । यसअघि आजै साँझ नयाँ ब्यवस्थासहितको आदेश जारी गरिनेछ ।

प्रतिक्रिया