• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

भारतमा एकैदिनमा अहिलेसम्मकै धेरै साढे ९६ हजार सङ्क्रमित


  • खुला नेपाल
  • शुक्रबार, भदौ २६, २०७७
  • 11.3K
    SHARES

नयाँदिल्ली (रासस/एएनआई) : भारतमा कोराना भाइरसबाट दैनिक सङ्क्रमितहरुको संख्या अहिलेसम्मकै सबैभन्दा धेरै पुगेको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा ९६ हजार ५५१ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

सोही अवधिमा भारतमा कोरोनाकै कारण एक हजार २०९ जनाको मृत्यु भएको पनि अधिकारीहरुले जानकारी दिए । भारतमा अहिलेसम्म कुल साढे ४५ लाखभन्दा बढी सङ्क्रमित भएको विवरण सार्वजनिक गरिएको छ ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले देशभरि कुल ४५ लाख ६२ हजार ४१५ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । कुल सङ्क्रमितमध्ये ९ लाख ४३ हजार ४८० जना अझै निको भएका छैनन् । संक्रमितमध्ये ३५ लाख ४२ हजार ६६४ जना भने सङ्क्रमणमुक्त भई घर फर्किसकेका छन् ।

भारतमा अहिलेसम्म कोरोना भाइरसकै कारण मृत्यु हुनेको संख्या ७६ हजार २७१ पुगेको अधिकारीहरुले शुक्रबार जनाएका छन् ।

भारतका प्रदेशहरुमध्ये सवैभन्दा धेरै महाराष्ट्र प्रभावित भएको छ । महाराष्ट्रमा मात्रै अहिले पनि दुई लाख ५३ हजार एक सय मानिस कोरोना सक्रिय सङ्क्रमित रहेका छन् ।

महाराष्ट्रमा मात्रै अहिलेसम्म कुल छ लाख ८६ हजार ४६२ जना सङ्क्रमित भएका छन् भने अरु २७ हजार ७८७ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

त्यसैगरी दोस्रो धेरै प्रभावित भएको आन्द्र प्रदेशमा ९७ हजार २७१ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् । यस प्रदेशमा अहिलेसम्म कुल चार लाख २५ हजार ६०७ जना सङ्क्रमित भएका छन् भने चार हजार ६३४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया