• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

रुपन्देहीमा एक साता निषेधाज्ञा थपियो


  • खुला नेपाल
  • सोमवार, भदौ २९, २०७७
  • 4.1K
    SHARES

फाइल तस्वीर

बुटवल । रुपन्देहीमा एक हप्ता निषेधाज्ञा थपिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकको सिफारिस र जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालयले असोज ४ गतेसम्म निषेधाज्ञा थप गरेको हो ।

यसअघि भदौ २८ गते रातिसम्म निषेधाज्ञा आदेश जारी गरिएको थियो । यसपटकको निषेधाज्ञामा निजी सवारी साधनहरु जोर–बिजोरका आधारमा सन्चालन हुन पाउने छन् । जोर दिन जोर नम्बरका र बिजोर दिन बिजोर नम्बरका गाडीहरु चलाउन पाइने छ ।

यस्तै होटेलहरुले टेक–अवे सेवा दिने गरी खोल्न पाउनेछन् । यसअघि जस्तै पसल–व्यवसायहरु स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ । शैक्षिक संस्थालगायत अन्य शैक्षिक क्रियाकलाप हुने संस्थाहरु भने खोल्न निषेध गरिएको छ ।

यात्रुवाहक सार्वजनिक यातायातका साधन सञ्चालन गर्न भने प्रशासनले निषेध गरेको छ । व्यवसायीहरुले भने सरकारले अनुमति नदिए पनि असोज १ गतेबाट सञ्चालन गर्ने बताउंदै आएका छन् ।

प्रतिक्रिया