• शुक्रबार, साउन १५, २०८३
  • Friday 31st July 2026

नारायणी अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु


  • खुला नेपाल
  • मङ्लबार, भदौ ३०, २०७७
  • 4.6K
    SHARES

 

पर्सा । वीरगञ्जको नारायणी अस्पतालमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१४ डुम्मरवाना बस्ने ५५ वर्षीया महिलाको सोमबार साँझ सवा सात बजे मृत्यु भएको हो ।

उनलाई सोमबार बिहान बजे नारायणी अस्पतालमा भर्ना गरिएको र उपचारको क्रममा साँझ उनको मृत्यु भएको अस्पतालका प्रवक्ता एवम् बरिष्ठ चर्मरोग विशेषज्ञ डाक्टर अतुलेश कुमार चौरसियाले जानकारी दिनुभयो ।

मधुमेह र हाइपरटेन्सनको समस्याले ग्रसित उनमा कडा कोभिड निमोनिया देखिएको थियो । तत्कालै आइसियू कक्षमा राखेर उपचार शुरु गरिएको थियो । जिन एक्सपर्ट विधिबाट कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो ।

योसँगै वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६२ पुगेको छ । साउनयता मात्रै ५८ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ ।

प्रतिक्रिया