• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

हरिण शिकार प्रकरणमा सलमानलाई अदालतमा उपस्थित हुन आदेश


  • खुला नेपाल
  • मङ्लबार, भदौ ३०, २०७७
  • 14.2K
    SHARES

 

एजेन्सी । बलिउड अभिनेता सलमान खानलाई हरिण शिकार गरेको केसमा जोधपुरको अदालतले अदालतमा उपस्थित हुन आदेश दिएको छ । राजस्थानको जोधपुर जिल्ला अदालतले सलमानलाई २८ सेप्टेम्बरमा अदालतमा पेश हुन भनेको हो ।

सोमबार सलमानको याचिकामा कालो हरिण शिकार प्रकरण र राज्य सरकारको याचिकामा हातहतियार सम्बन्धि मुद्दाको सुनुवाई पूरा हुन नसकेपछि सलमानलाई अर्को सुनुवाईमा अदालतमा आफैं पेश हुन आदेश दिइएको हो ।

सन् १९९८ मा जोधपुरमा फिल्म ‘हम साथ–साथ हे’ को सुटिङको क्रममा सलमान खानमाथि जोधपुर नजिकैको कांकाणी गाउँमा दुई कालो हरिणको शिकार गरेको आरोप छ । यो मामिलामा लामो कानूनी प्रक्रियापछि अदालतले सलमानलाई दोषी ठहर गर्दै पाँच वर्षको सजाय सुनाएको थियो ।

यद्यपि, यस अरोपमा मुछिएका अन्य आरोपित सैफ अली खान, निलम, तब्बू र सोनाली बेन्द्रेलाई भने छुट दिइएको थियो । सजाय सुनाइएपछि सलमानलाई जेल पठाइएको थियो । हाल उनी जमानतमा बाहिर छन् । सलमानले ट्रायल कोर्टको यो निर्णयलाई चुनौती दिएका छन् ।

प्रतिक्रिया