काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टाभित्रमा ७३७ जना नयाँ संक्रमित थपिएका छन् । यो संख्या एकै दिनमा बढेको सबैभन्दा बढी संक्रमित हो । कोरोना भाइरसको संक्रमण उपत्यकामा दिनदिनै झन् झन् बढिरहेको छ ।
उपत्यकामा मृतकको संख्या पनि उही रुपमा बढ्दै गएको छ । आज पनि काठमाडौं उपत्यकामा २ महिलाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनु भयो ।
उपत्यकाका कुनै पनि ठाउँमा कोरोना संक्रमणबाट अब सुरक्षित रहेन । कुन ठाउँ सुरक्षित र कुन असुरक्षित भन्नै नसकिने अवस्था भएको छ ।
उपत्यकामा बुधबार पनि ७३७ जना संक्रमित थपिएका छन् । जसमा काठमाडौं जिल्लामा मात्रै पछिल्लो २४ घन्टाभित्र ६५२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो ।
यस्तैगरी उपत्यकाकै ललितपुरमा ६० र भक्तपुरमा २५ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। योसहित आजसम्म काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या करिब १३ हजारमा संक्रमण पुष्टि भइसकेको छ ।
आज मुलुकभर ४ महिला र ४ पुरुष गरी ८ जनाको निधन भएको छ । जसमा काठमाडौं र काभ्रेमा २÷२ जनाको निधन भएको छ । जसमा काठमाडौंका ७१ र ७४ वर्षीया महिला र काभ्रेका ५५ वर्षीया महिला र ४१ वर्षका पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
यस्तै कोरोनाकै कारण बाराकी ४६ वर्षीया महिला, कास्कीका ७० वर्यीय, सप्तरीका ३५ वर्षीय र सुनसरीका ७० वर्षीय पुरुषको पनि आजै निधन भएको छ ।
कोरोना संक्रमणका कारण आजको सहित नेपालमा ३७९ जनाको निधन भइसकेको छ । यो भनेको कुल संक्रमितको ०.६५ प्रतिशतको मृत्यु भएको हो ।
कोरोनाबाट ज्यान आज गुमाउनेको निम्न छन्ः
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य

