• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

प्रधानमन्त्री ओलीद्वारा मोदीलाई जन्मदिनको शुभकामना


  • खुला नेपाल
  • बिहिबार, अशोज १, २०७७
  • 8.9K
    SHARES

फाइल तस्वीर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिनुभएको छ ।

नेकपाका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री ओलीले आफ्नो ट्वीटर ह्याण्डलमार्फत प्रधानमन्त्री मोदीलाई जन्मदिनको शुभकामना दिँदै सुस्वास्थ्य र खुशीको कामना गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीले शुभकामनासँगै दुई देश बीचमा रहेको सम्बन्धलाई अझ प्रगाढ बनाउन मिलेर काम गर्ने कार्यलाई जारी राख्ने पनि उल्लेख गर्नु भएको छ । भारतीय प्रधानमन्त्री मोदी आज ७० वर्षमा प्रवेश गर्नु भएको छ ।

१७ सेप्टेम्बर, १९५० मा मोदीको जन्म भएको थियो । उहाँ सन् २०१४ देखि निरन्तर भारतको प्रधानमन्त्री हुनुहुन्छ । आधुनिक भारतको इतिहासका शक्तिशाली व्यक्तिमध्ये मोदी एक मानिनुहुन्छ ।

प्रधानमन्त्री बन्नुअघि मोदी २००१ देखि २०१४ सम्म गुजरातको मुख्यमन्त्री हुनुहुन्थ्यो । उहाँ दुईपटक भारतमा बहुमतसहित सत्ता सञ्चालन गर्ने कांग्रेस आई इतरका एक्लो नेता हुनुहुन्छ ।

 

प्रतिक्रिया