• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

नयाँ बसपार्क, नयाँ व्यवस्था (फोटो फिचर)


  • खुला नेपाल
  • बिहिबार, अशोज १, २०७७
  • 53.3K
    SHARES

काठमाडौं । राजधानीको नयाँ बसपार्क टिकट काउन्टरमा पहिलोजस्तो भीडभाड देखिदैन । किनकि ईटिकेटिंगको प्रवन्ध गरी विहीवारदेखि लामो तथा मध्यम दूरीका बसहरु चलाइएका छन् ।

सरकारले गत सोमबार कोरना भाइरसबाट जोगिन सुरक्षा मापदण्ड अपनाएर असोज १ गतेदेखि गाडी चलाउन दिने निर्णय गरेको हो ।
सोही अनुसार नयाँ बसपार्क क्षेत्र र छेउछाउका घरहरुमा कोरोना भाइरस मार्ने औषधि छर्किएर निःसंक्रमण गरिएको हो । टिकट काउन्टरमा पनि औषधि छर्किएको छ । यद्यपी यात्रु टिकट लिन जानु पर्दैन ।

यात्रुहरुलाई सुरक्षित राख्नका लागि बसभित्रै पनि औषधि छर्किएको छ । मास्क र सेनीटाइजर प्रयोग अनिवार्य गरिएको छ । बिहीवार प्राय पूर्वतिर जाने बसहरु तम्तयारी अवस्थामा देखिन्थे ।

यात्रुबाट साविक भन्दा ५० प्रतिशत बढी भाडा लिने र गाडीमा सिट क्षमताको आधा मात्र यात्रु राखिएको छ ।
कर्मचारी, यात्रुलाई निसंक्रमण हुने गरी आवश्यक सबै तयारी पूरा भएको ल्होत्से बहुद्धेश्यीय प्रालीका प्रवन्ध निर्देशक सुनिल कुँवरले खुलानेपाललाई जानकारी दिए ।

प्रतिक्रिया