• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

उपत्यकामा एकै दिन थपिए ६१८ संक्रमित

काठमाडौंका १ पुरुषसहित देशभर ४ जनाको मृत्यु


  • खुला नेपाल
  • बिहिबार, अशोज १, २०७७
  • 4.2K
    SHARES

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टाभित्रमा ६१८ जना नयाँ संक्रमित थपिएका छन् । कोरोना भाइरसको संक्रमण उपत्यकामा दिनदिनै झन् झन् बढिरहेको छ ।

उपत्यकामा मृतकको संख्या पनि उही रुपमा बढ्दै गएको छ । आज पनि काठमाडौं उपत्यकामा १ पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनु भयो ।

उपत्यकाका कुनै पनि ठाउँमा कोरोना संक्रमणबाट अब सुरक्षित रहेन । कुन ठाउँ सुरक्षित र कुन असुरक्षित भन्नै नसकिने अवस्था भएको छ ।

काठमाडौं जिल्लामा मात्रै पछिल्लो २४ घन्टाभित्र ५०७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो ।

यस्तैगरी उपत्यकाकै ललितपुरमा ६१ र भक्तपुरमा ५० जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। योसहित आजसम्म काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या करिब १४ हजार भइसकेको छ ।

आज मुलुकभर ३ महिला र १ पुरुष गरी ४ जनाको दुखद निधन भएको छ । जसमा काठमाडौंका ८७ वर्षीय पुरुषको निधन भएको छ । यस्तै मोरङका ६४, चितवनका ३६ र कैलालीका ५७ वर्षीया महिलाको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

कोरोना संक्रमणका कारण आजको सहित नेपालमा ३८३ जनाको निधन भइसकेको छ । यो भनेको कुल संक्रमितको ०.६४ प्रतिशतको मृत्यु भएको हो ।

कोरोनाबाट ज्यान आज गुमाउनेको निम्न छन्ः

प्रतिक्रिया