• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

काँधमा चढी धेरै नउफ्र पातली


  • खुला नेपाल
  • शुक्रबार, अशोज २, २०७७
  • 78.9K
    SHARES

 

डाली

कोपिला १
हेर्ने नजर फरक पाँए तिमीमा,
कसरी बिश्वास दिलाउन सक्छुर,
केर्ने नजर फरक पाँए तिमीमा १

कोपिला २
बुझ्न गाह्रो भयो माया सानु ,
छाँया बनी आफै ओझेलमा पर्यौं ,
गुन्न गाह्रो भयो माया सानु १

कोपिला ३
छोरीलाई सधैं पराई ठान्ने यो समाज,
किन हो छोरी र छोरामा यति धेरै भेदभाव गरिन्छ,
आफ्नै सन्तान नै पराई मान्ने यो समाज १

कोपिला ४
भुइँमा झरेको पात थियो ,
चैतको हुरीले उडाए जस्तो लाग्छ,
अरुले थामेको हात थियो १

कोपिला ५
मायाको झोली नै मीलेर भर्नु छ,
तिमी नदि भए म बगर बनैला प्यारा,
पिरतिको खोली मीलेर तर्नु छ १

समिक्षा अधिकारी, झापा

 

डाली

कोपिला १
मलाई मेरो देश प्यारो लाग्छ
अटुट बग्ने नदिनाला उच्च सिखर सगरमाथा
मलाई मेरो भेष प्यारो लाग्छ १

कोपिला २
दुई पैसा कमाउनुछ
आफ्नै माटोमा पसिना बगाई
यहाँ घर जमाउनुछ १

कोपिला ३
धेरै आँसु थोरै खुशी नाँचु कसरी
छिया छिया भाछ मुटु अनि पोल्छ छाती
दुस् ख जति अँङगालेर बाँचु कसरी १

कोपिला ४
कस्तुरी मृग डुलेको देखे
जीवन जिउने कलालाई बुझ्न थाले पछि
आन्दको फुल फुलेको देखे १

कोपिला ५
प्रदेशी छ छोरा नरुनु आमा
साहुको ऋणको भारी बिसाउना पाछैन
आँशुले मुख नधुनु है आमा !

बिन्दु पौडेल, दाङ

 

डाली

बाँझा छन् हिँजोआज खेतवारि पनि
बिदेशीए छोरा मान्छे भन्दै टुलुटुलु हेर्दैनन्
कम्जोर छैनन् खेत जोत्छ्न् नारी पनि


हो,भोगाइ छैन सिधा धागो जस्तो
यो समाज खरानी मात्र जस्तो देखिन्छ बाहिर
भित्र छ असह्य पोल्ने आगो जस्तो

साँझ बिहान सुसे धन्दा सिकेँ के गर्नू
अझै बाहिरी संसारबाट टाढा छु,बेचैनी छ
बल्छिको माछा झैं ऐशमै बिकेँ के गर्नू

बस् तिमीलाई प्रेम गर्छु भन्छ
अरु जिम्मेवारीका कुनै कुरै गर्दैन,तर
तिमी मेरी नभए मर्छु भन्छ

परिपुरक हौ भमरा र फूल तिमी
अस्लिलता,अधैर्यता,असभ्यता अपनाएर
एक अर्को बीच किन गर्छौ भूल तिमी

तिला लेकाली, बेलबारी,मोरङ

 

डाली

कोपिला १
कसैलाइ देखिन्छ दिलको कागजमा ,
मायाको न्यानो आभास गरायौ दिलाको मझेरिमै ,
मायाले नै लेखिन्छ दिलको कागजमा ।

कोपिला २
आर्काको बाँस मा बाँच्नु छ,
श्रम गरे आर्कालाइ जिउ मात्र आफ्नो हो ,
दिएको गाँस मा बाँच्नु छ ।

कोपिला ३
कसरी भुलु तिम्लाइ भुल्न सक्दिन म ,
जस्तै परे पनि तिमीलाई माया समर्पण गर्छु ,
आधार एकै हो छोडी डुल्न सक्दिन म ।

कोपिला ४
मर्न कति सजिलो मान्छ्न यहाँ ,
आफ्नो सन्ततिको मायालाइ बुझ्न नसकेर,
आत्माहत्या किन अगाल्छन यहाँ।

कोपिला ५
जीवन जिउनको लागि हो ,
दुई आत्मा को मिलन बाट अमृत बन्छ ,
हाँसेर पिउनको लागि हो ।

सोमनाथ लुइटेल रवि पाल्पाली
बर्दिया गुलरिया ३
हाल, युगान्डा

 

कोपिला

समयको बहावसँगै हिड्नुपर्छ हामी ,
बाढी पहिरो महामारी भुकम्प र आगलागी ,
आखिर जे जे परे पनि भिड्नुपर्छ हामी।

भित्री मन रोए पनि हाँस्न सिकायो,
जीवन आखिर सङ्घर्ष हो हतियार बिहीन,
उधारा सपनाहरु साँच्न सिकायो।

हरेस् खाई मर्छौ किन छोटो जिन्दगीमा,
बाँचिन्जेल सबै यहाँ तेरो मेरो धन दौलत प्यारो,
मरेपछि सम्झना फोटो जिन्दगीमा।

कहाँ छौ तिमी कस्तो छौ भन्न सक्दिन,
जहाँ भएनी सुखैसँग बस्नु निष्ठरी माया लौ,
लाखौँ होलान् तिम्रा याद गन्न सक्दिन।

सँगै ज्यूने सँगै मर्ने बाचा खाएका थियौ,
बीच जङ्घारमा अलपत्र पारी गयाौ बैगुनी
बगैँचामा फूलहरु साँचा लाएका थियौँ।

चन्द्रावती अधिकारी

 

डाली

कोपिला

मिलेर उस्तै उस्तै जाउँ
हरि भजन गाउँदै बैकुण्ठको बाटो
आउ न सुस्तै सुस्तै जाउँ

बाँचु कि त मरुँ म
झुटो रहेछ सारा संसार
भन कसो गरूँ म

हाँस्ने भन्दा रुने धेरै
हुने रहेछन् दुखको भवसागरमा
यस्तै कुरा सुनें धेरै

मनका दुख भगाईदेउ
जप्छु तिम्रै नाम म साँझ बिहान
मलाई पार लगाईदेउ

पार लगाऊ कृष्णले
तिम्रै भरमा परें तार या त मार
धाउँदै आएँ तृष्णाले

पिताम्बर गौतम प्रकट, पोखरा

 

डाली

कोपिला १
डोली चढ्नु अब
पराइ को घर श्रृङ्गार्न दिदी
अघि बढ्नु अब

कोपिला २
मलाई छोडिदेऊ अब
बिश्वास हराउने हर्कत गरिरहेछौ
सम्बन्ध तोडिदेउ अब

कोपिला ३
दिल तोड्यौ आज
जिन्दगी भर साथ दिन्छु भनी
बिचमा छोड्यौ आज

कोपिला ४
जिन्दगी बुझ्दैछु अहिले
शिशिर याममा नहड्बडाइ बसे
बसन्तमा रुझ्दैछु अहिले

कोपिला ५
आमा रुदैछिन आज
कोरोनाले गर्दा छोरा फर्किएन
धडकन छुदैछिन आज

पुरन ढकाल, लेटाङ, मोरङ

 

डाली ६

कोपिला १
भेटे पछि गाल पारी पारी
मर्ममा प्रहार गर्दा रहेछौ यार
सत्रु सामु ताल पारी पारी

तिम्रो दर्शन भएन आज
म पूजा गर्न मन्दिरमा आएँथे
मनको तिर्ख गएन आज

म नबोली हिँनेको छु
को को रैछौ बैमानी देशमा
मैले पनि चिनेको छु

औकात आफैँ जोखिने गर्छ
काँधमा चढी धेरै नउफ्र पातली
उम्लिए पछि पोखिने गर्छ

यसै गला रोकिन्छ किन
मनको घाउ लुकाइ बसेको छु
तिम्रै नजरमा ठोकिन्छ किन

कविता केशरी, विराटनगर

 

डाली

१) कोपिला
कोपिलाको डाली बनाऔँ
रङ्गीचङ्गी फूलहरू फुलाएर अझै
रक्षा गर्ने माली बनाऔँ।।

२) कोपिला
आँधी आए पनि झरी दर्किए पनि
मुस्कुराउँछन् फूलहरु सँधै काँडबिच नै
भमराले रस चुसी फर्किए पनि११

३) कोपिला
नटिपौँ कोपिला फुल्न बाँकी छ
निरस नहोस् जिन्दगी खडेरी पर्यो भनेर
परिश्रमी बाला झुल्न बाँकी छ।

४) कोपिला
जून तारा तिम्रै लागि झार्छु भन्ने हरु
शुष्म जीवदेखि भाग्दै कहाँ पुगे कता लुके होलान्
सारा शक्ति आफ्नै बसमा पार्छु भन्नेहरु।।

५) कोपिला
सबैलाई मान, भाउ चाहिन्छ यहाँ
वास्ता , छैन बाचुन्जेल उनका दुस् ख पीडाहरु
अभाव भएपछि बाउ चाहिन्छ यहाँ।।

सुन्दरी घिमिरे खतिवडा, संखुवासभा

 

डाली

कोपिला १
बहिरा कानमा आवाज दिएर के गर्ने ?
कुम्भकर्ण झै नक्कल गरी कुर्सीमा सुत्ने छन् यहाँ
मूर्खका माझमा आवाज दिएर के गर्ने ?

कोपिला २
बासी हावा बहनुमा पनि दुर्गन्ध हुन्छ यहाँ
निर्धक्क सास फेर्न प्रतिबन्ध हुन्छ त्यहाँ कठै
बासी विचार छर्नेमा पनि दुर्गन्ध हुन्छ

कोपिल ३
कोपिलामा दीप बाल प्रण गरेँ आज
प्रेमको मूल्य कति छ तिम्रो हृदयमा सोध प्रिय
काँडा माथि पाइला राखी प्रण गरेँ आज

कोपिला ४
जीवन किताबका पानाझै खुला होस
भट्याउन के नै बाँकी रह्यो र प्रिय यहाँ
नजिर किताबका पाना झै खुला होस

कविता ५
तगदिर कहिले बदलियो पत्तै भएन
जिन्दगीको गोरेटोमा भूकम्पहरु चलिरहे
छागाबाट कहिले झरियो पत्तै भएन

ढुण्डिराज गुरागाईँ, झापा

 

डाली

कोपिला १
झिंगा पालेको छ बाँझो जोत्न अरे
अहंकारले मान्छेलाई मुढ बनाउने रहेछ
कालो मुछेको छ मुहार पोत्न अरे

कोपिला २
सम्झन्नन् पक्रन भूलहरु
जब लुक्छन् घाम जून बादल भित्र
बिर्सन्छन् फक्रन फूलहरु

कोपिला ३
माटो सृजना भर्छ खुसीले
अहो, प्रकृतिको अद्भुत कला यो
रवि नि किरण छर्छ खुसीले

कोपिला ४
लेख माटोको कविता अब
भावमा स्वाभिमान शब्दमा मधुरत्व भर्दै
खोज अक्षरमा सविता अब

कोपिला ५
चुरोट बिँडीले छिन्छ ज्यान
पालना गरौँ स्वास्थ्यका नियमहरु
हो धुम्रपानले लिन्छ ज्यान

नारायण खनाल मालारानी ३ ,खनदह ,अर्घाखाँची

                                                                            संयोजन : गंगा दहाल

प्रतिक्रिया