• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

‘हिम चितुवा’ पर्वतारोही आङरिता शेर्पाको निधन


  • खुला नेपाल
  • सोमवार, अशोज ५, २०७७
  • 8.6K
    SHARES

 

काठमाडौं । बिना अक्सिजन १० पटक सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुभएका कीर्तिमानी हिमाल आरोही आङरिता शेर्पाको निधन भएको छ ।

७२ बर्षको उमेरमा उहाँको सोमबार बिहान १० बजे निजी निवास जोरपाटीमा निधन भएको पासाङ ल्हामु फाउन्डेसनका महासचिव छेटु शेर्पाले जानकारी दिनुभयो ।

उहाँ पछिल्लो केहि वर्षयता सिकिस्त बिरामी हुनुहुन्थ्यो । उहाँको उपचारमा देश विदेशमा रहेका शुभचिन्तकहरूले समेत सहयोग जुटाएका थिए ।

शेर्पा ‘हिम चितुवा’ उपनामले विश्वभर चिनिनु भएको थियो । शेर्पाले नेपालका ८ हजार मिटर भन्दा अग्ला सबै हिमालको सफल आरोहण गर्नुभएको थियो ।

शेर्पाले सन् १९८३ देखि १९९६ सम्म १० पटक लगातार बिना अक्सिजन सगरमाथाको सफल आरोहण गर्नु भएको थियो । उहाँले सन् १९९० मा छैटौँ पटक सगरमाथाको सफल आरोहण गरेसँगै विश्वमै सबैभन्दा धेरै सगरमाथा चढ्ने आरोहीको कीर्तिमान बनाउनु भएको थियो ।

प्रतिक्रिया