काठमाडौं । विश्व कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ बुधवार अन्त्येष्टि गरिएको छ ।
शेर्पाको पार्थिव शरीरमा पर्यटनमन्त्री योगेश भट्टराईले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका थिए । सुरक्षाकर्मीहरुले शेर्पाप्रति सलामी अर्पण गरे ।
शेर्पाको ५ असोजमा काठमाडौंस्थित छोरीको घरमा निधन भएको थियो ।
उनी विनाअक्सिजन १० पटकसम्म विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका ख्यातीप्राप्त आरोही थिए । उनलाई हिमचितुवा उपनामले चिनिन्छ ।
बुधवार बिहान टेकु दोभानमा धार्मिक परम्पराअनुसार उनको अन्त्येष्टि गरिएको हो ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
