• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

बुधबार थप १८ सय ९३ कोरोना संक्रमित डिस्चार्ज, ११ सय ७२ मा संक्रमण पुष्टि


  • खुला नेपाल
  • बुधबार, अशोज ७, २०७७
  • 2.8K
    SHARES

काठमाडौं । पछिल्लो २४ घण्टाभित्र १८ सय ९३ जना कोरोना भाइरसलाई जित्न सफल हुनु भएको छ । आजको यो संख्यासहित कोरोना उपचारपछि घर फर्कने ४९ हजार ९ सय ५४ जना पुगेका छन् । यो भनेको कुल संक्रमितमध्ये ७३ प्रतिशतलाई कोरोना निको भएको हो ।

देशभर ९ हजार ४ सय ४९ जनाको पीसीआर परीक्षण गर्दा बुधबार ११ सय ७२ जनामा संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कोरोना संक्रमितको संख्या ६७ हजार ८ सय ४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले मंगलबारको नियमित प्रेस ब्रिफिङमा जानकारी गराउनु भएको हो ।

नेपालमा आजसम्म ९ लाख ४४ हजार ४ सय ७४ जनाको पीसीआर परीक्षण गरिसकिएको छ । हाल विभिन्न जिल्लामा १७ हजार ४ सय १४ जना सक्रिय संक्रमित छन् ।

यस्तै आइसोलेसनमा ८ हजार २ सय २८ जना छन् भने होम आइसोलेसनमा ९ हजार १ सय ८६ जना रहनु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमले बताउनु भयो ।

यस्तैगरी मुलुकमा विभिन्न जिल्लामा आजसम्म ७ हजार १ सय ४ जना क्वारेन्टाइनमा रहनु भएको छ । यस्तै ४३ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

आज पनि कोरोना भाइरसका कारण देशभर ७ जनाको दुखद निधन भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४३६ जना पुगेको छ ।

प्रतिक्रिया