काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालय एयरलाइन्सले पाएको सेल्फ ग्राउण्ड हृयाण्डिलिङ सुविधा उपलब्ध नगराउन संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयलाई निर्देशन दिएका छन् ।
उक्त एयरलाइन्सले त्यस्तो सुविधा पाएको जानकारी पाएपछि प्रधामन्त्री ओलीले पर्यटन मन्त्री योगेश भट्टराईलाई त्यसबारे बुझी आवश्यक कारवाही गर्न निर्देशन दिएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दियो ।
त्यसलगत्तै मन्त्री भट्टराईले आइतवारै प्राधिकरणका पदाधिकारीलाई बोलाई ग्राउण्ड हृयाण्डिलिङ सुविधा रोक्न भनेका थिए ।
नेपाल बायुसेवा निगममा मदन खरेल अध्यक्ष हुँदा आइएसओ सर्टिफिकेट हुने जहाजलाई मात्र ग्राउण्ड ह्याण्डलिङको जिम्मा दिने प्रपन्च सुरु भएपनि त्यसलाई तत्कालीन पर्यटन मन्त्री आनन्द पोखरेलले रोकेका थिए। त्यो बेला पोखरेलको अडानकै कारण यती समुहले ग्राउण्ड ह्याण्डलिङको अनुमति पाएको थिएन।
पोखरेल वर्तमान प्रधानमन्त्री ओली नेतृत्वको पहिलो मन्त्रिमण्डलमा थिए ।
पोखरेललले राष्ट्रिय ध्वजाबाहक जहाजको महत्त्व र आवश्यकता महसुस गरि नेपाल एयरलाइन्सलाई नै ५ बर्षको लागि ग्राउण्ड ह्याण्डलिङ दिनुपर्ने निर्णय भएपछि यति समुहको खेल रोकिएको थियो।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
