धरान । धरानस्थित बीपी कोइरालाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ अस्पतालमा उपचाररत सप्तरीका कोरोना संक्रमित ३९ वर्षीय परुषको मृत्यु भएको छ ।
राजविराज-४ का ती पुरुषको आज बिहान ३ बजेर १० मिनेटमा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभयो ।
सापकोटाका अनुसार असोज १० गते कोभिड अस्पतालमा भर्ना भएका उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनलाई असोज ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
मृतक पुरुषलाई विराटनगरस्थित गोल्डेन हस्पिटलले रिफर गरेपछि बीपी प्रतिष्ठानमा भर्ना भएका थिए ।
उनलाई उच्चरक्तचाप, विगत १० बर्षदेखि मधुमेह र मृगौलाको दीर्घकालिन समस्या भएर डाइलाइसिस भइरहेको पनि प्रवक्ता डा. सापकोटाले जानकारी दिनुभयो । प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु हुने संक्रमितको कुल संख्या ३७ पुगेको छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
