• शुक्रबार, साउन १५, २०८३
  • Friday 31st July 2026

उपत्यकामा थपिए ९०२ नयाँ संक्रमित

काठमाडौं उपत्यकाका ३ सहित देशभर ७ जनाको निधन


  • खुला नेपाल
  • बुधबार, अशोज १४, २०७७
  • 4.4K
    SHARES

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा ९०२ जना नयाँ संक्रमित थपिएका छन् । संक्रमित संख्या दिनदिनै थपिँदै गएसँगै कोरोना संक्रमण दर पनि वृद्धि भइरहेको छ ।

मुलुकभरको भन्दा उपत्यकामा नयाँ संक्रमितको संख्या निकै बढी देखिएको छ । यो संख्या सिंगो देशभरकोमा २ दुहाइभन्दा बढी हो ।

कोरोना भाइरस संक्रमणका कारण आज पनि काठमाडौंमा एक महिला र २ पुरुष गरी ३ जनाको दुःखद निधन भएको छ ।

काठमाडौं जिल्लामा मात्रै पछिल्लो २४ घन्टाभित्र ६९७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जनाएको छ ।

यस्तैगरी उपत्यकाकै ललितपुरमा ११२ र भक्तपुरमा ९३ जनामा कोरोना पुष्टि भएको छ । योसहित आजसम्म काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या २४ हजारभन्दा बढी भएको छ ।

आज मुलुकभर २ महिला र ५ पुरुष गरी ७ जनाको दुखद निधन भएको छ । जसमा काठमाडौंकी ३४ र ८६ वर्षीया महिलाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको हो ।

यस्तै आज नै काठमाडौंका ५४, सुनसरी ६०, मोरङ ६०, सप्तरी ३९ र रुपन्देहीका ८२ वर्षीय पुरुषको पनि भाइरस संक्रमणबाट दुखद निधन भएको छ ।

कोरोना संक्रमणका कारण आजको संख्यासहित ४९८ जनाको निधन भइसकेको छ । यो भनेको कुल संक्रमितको ०.६५ प्रतिशतको मृत्यु भएको हो ।

टेबलमा मृत्यु संख्या यस्तो छ :

प्रतिक्रिया