• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

बलिका लागि भारत लगिँदै गरेका २ किशोरीको उद्धार


  • खुला नेपाल
  • बिहिबार, अशोज १५, २०७७
  • 16K
    SHARES

सुनसरी । सुनसरी कोशी गाउँपालिका ८ भण्टाबारीस्थित नेपाल भारत सीमानाकाबाट प्रहरीले २ किशोरीलाई उद्धार गरेको छ ।
मानव बलीका लागि भारत लगिँदै गरेका सप्तरीका ती किशोरीलाई स्थानीय भाण्टाबारी नाकाबाट फिर्ता गरिएको सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताउनु भएको छ ।

नेपाल–भारत संयुक्त सुरक्षाकर्मीले सीमा क्षेत्रबाट किशोरीको उद्धार गरेको कार्कीले जनाउनु भयो । भारततर्फ जाँदै गरेको उनीहरुमाथि शङ्का लागेर सोधखोज गर्दा किशोरीसँगै रहेका २ पुरुषलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उद्दार गरिएकामा १९ र २२ वर्षका छन् । भारत लैजाने काममा संलग्न सप्तरी कृष्ण सवरन गाउँपालिका ४ बनौलीका २९ वर्षीय महम्मद साहिल मन्सुरी र सिरहा लहान नगरपालिका १९ कटाहका २९ वर्षीय जीवछकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएका एकले आफू किशोरीको भिनाजु रहेको प्रहरीलाई बताएका छन् । नाताले भिनाजु पर्ने उनले सालीलाई पूजाका लागि भारत लैजाने सहमतिअनुरुप आफू सुरक्षाका लागि सँगै आएको प्रहरीमा बयान दिएका छन् ।

सीमापारिको भारतीय बजार भीमनगरस्थित मन्दिरमा पूजाका लागि भनेर ल्याइएको ती युवतीले प्रहरीलाई बताए । भारत लैजानुपूर्व उनीहरुको उचाईसमेत नापिएको थियो ।

त्यसैगरी हातको रेखा हेरेर पूजाका लागि योग्य भएको भन्दै सीमापारिको मन्दिरमा साँझको बेला आयोजना हुने पूजामा ध्यान बसेबापत दुई लाख रुपैयाँ दिने भनिएको थियो । चौधरी युवतीहरु निकै सोझा रहेको प्रहरीले जनाएको छ ।एनटिभी अनलाइन

प्रतिक्रिया