मुक्तक
सम्बन्ध नङ र मासु जस्तै मिल्ने हुनुपर्छ
एउटाको पिडाले अर्कोको मन छुनु पर्छ
यस्तै हुनुपर्छ असल मित्रतामा सधै सधै
दुबैले भावना साटासाट गर्दै पिडा धुनुपर्छ

गंगा दहाल, ललितपुर
——————————————————————————————————————
मुक्तक
नेपथ्यमा कतै चुरा खन्कियो र देखियौ तिमी
कतै टाढा मिठो बाँसुरी घन्कियो र देखियौ तिमी
न मौसम थियो न छन्दछेक थियो तिम्रो आगमनको
कालोनिलो बादल आज थन्कियो र देखियौ तिमी ।

गिरिराज डल्लाकोटी, चितवन
——————————————————————————————————————
मुक्तक
तिमी खुसीमा छौ, म पिरमा छु फरक यति हो
तिमी स्वतन्त्र छौ, म झिरमा छु फरक यति हो
तिमीलाई र मलाई छुने नदी एकै भएर के भो त
तिमी फाँटमा छौ, म भिरमा छु फरक यति हो ।

लक्ष्मी स्मृति, विराटनगर–५
——————————————————————————————————————
मुक्तक
उकालीको यात्रा गर्दा उनलाई पिछे देखेको थेँ
रातमा निद्रा हराउनाले उनलाई पत्र लेखेको थेँ
जीवनमा यात्रा गर्दा कति देखेँ कति भेटेँ
उनको रुपले लठ्ठै परी बाटो मैले छेकेको थेँ
जमुना पौड्याल, विराटनगर–३
——————————————————————————————————————
मुक्तक
आजभोलि महङ्गियौ छुन सक्दिन म,
लाग्छ अब तिम्रो कहिलै हुन सक्दिन म ।
हरपीडा तिमीलाई देखेर नै भुलाउँथे
टाढिँदैछौ तिमीसँग रुन सक्दिन म।
चन्द्रावती अधिकारी
——————————————————————————————————————
मुक्तक
लाजलाई छलेर खुल्दैछौ तिमी
धोका दिई बचन भुल्दैछौ तिमी
स्वार्थ तिम्रो नशामा बग्दछ हरे
मलाई मार्न शत्रुसँग घुल्दैछौ तिमी !!

बैद्यनाथ ठाकुर, प्रगति नगर–३, वीरगन्ज
——————————————————————————————————————
मुक्तक
कत्ति फिटें तास सुन्यको माल उहीँ रह्यो
फेरिएनि सरकार कछुवा चाल उहीँ रह्यो
जितेर चुनाव जानेहरु महलमा रमाइरहदाँ
बिचरा१भोट दिने गरिबीको पाल उहीँ रह्यो

राजाराज सुवेदी, कारिकोट स्याङ्जा
——————————————————————————————————————
मुक्तक
तिम्रो आगमनले सुभाष छायो बिहानै
मीठो आवाज कोइलीले गायो बिहानै
हर मौसम मुस्कुराउँदै फुलिदिन्छ फूल
छुट्टै अर्थ मीठास् आज गरायो बिहानै
शारदा घिमिरे भैल, बनेपा, काभ्रे ।
——————————————————————————————————————
मुक्तक
म हुरि बनौँला र आँधी बनौँला
तिमी बन्नु आधि म आधि बनौँला
यति स्वर्ग देश कुरुप बन्न लाग्यो
उडाएर गन्धा समाधि बनौँला ।

तिला लेकाली, बेलबारी, मोरङ
——————————————————————————————————————
मुक्तक ११
सामिप्यताको अँगालो लाग्छ, ईश्वरीय गठबन्धन हो
प्रेममय स्नेही माधुर्य मिश्रित, मगमगाउँदो चन्दन हो
प्रेम त आतमियताको मिलन हो, जीवन पर्यन्त रहने
अन्तर हृदयदेखि पुकारिने, आवाज विहीन गन्थन हो।

लक्ष्मी रायमाझी, विराटनगर
संयोजन : गंगा दाहाल
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
