एजेन्सी । ‘बाहुबली’ फेम अभिनेत्री तमन्ना भाटियालाई कोरोना भाइरसको संक्रमण भएको छ ।
परीक्षण रिपोर्ट पोजेटिभ आएपछि उनी अस्पताल भर्ना भएको जनाइएको छ । हैदराबादमा एक वेब सिरिजको सुटिङका क्रममा उनलाई कोरोनाको लक्षण देखिएको थियो ।
लक्षणका कारण स्वास्थ्यमा समस्या आएपछि उनको कोरोना परीक्षण गरिएको थियो। परीक्षण रिपोर्ट पोजेटिभ आएपछि उनलाई हैदराबादस्थित एक निजी अस्पताल भर्ना गरिएको छ ।
तमन्नाका बाबुआमालाई पनि केही समय पहिले कोरोनाको संक्रमण भएको थियो जसको जानकारी उनले ट्विटमार्फत गराएकी थिइन् ।
तमन्नाको नवाजसँगको ‘बोले चुडिया’ रिलिजको पर्खाइमा छ भने तेलेगु एक्शन ड्रामा ‘सीटराइमर’को सुटिङ बाँकी रहेको छ ।
सो सिनेमाको सुटिङ छिट्टै सुरू हुने बताइएको भएपनि उनी विरामी परेपछि त्यसमा केही ढिला हुने देखिएको छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
