• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

उपत्यकामा थपिए २२ सय ८३ जना संक्रमित

काठमाडौं उपत्यकाका ४ सहित आज ९ जनाको मृत्यु


  • खुला नेपाल
  • सोमवार, अशोज २६, २०७७
  • 8.2K
    SHARES

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा २२ सय ८३ जना नयाँ संक्रमित थपिएका छन् । कोरोनाका संक्रमित दिनदिनै थपिँदै गएसँगै संक्रमण दर पनि बढिरहेको छ । चाडबाडको समय सुरु भइसकेको छ, तर कोरोना कहर झनझन बढ्दै छ ।

मुलुकभरको भन्दा उपत्यकामा नयाँ संक्रमितको संख्या निकै बढी देखिएको छ । यो संख्या सिंगो देशभरकोमा ५० प्रतिशतभन्दा निकै बढी हो ।

कोरोना भाइरस संक्रमणका कारण सोमबार पनि काठमाडौं उपत्यकामा १ महिला र ३ पुरुष गरी ४ जनाको दुःखद निधन भएको छ ।

काठमाडौं जिल्लामा मात्रै पछिल्लो २४ घन्टाभित्र १ हजार ८ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जनाएको छ ।

यस्तैगरी उपत्यकाकै ललितपुरमा २ सय ७७ र भक्तपुरमा ११८ जनामा कोरोना पुष्टि भएको छ । योसहित आजसम्म काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या झन्डै ४५ हजारको हाराहारीमा रहेको छ ।

कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा मुलुकमा २ महिला र ७ पुरुष गरी ९ जनाको दुखद निधन भएको छ । कोरोना भाइरस संक्रमणका कारण आजको संख्यासहित मुलुकभर ६४५ जनाको निधन भइसकेको छ । यो भनेको कुल संक्रमितको ०.५८ प्रतिशतको मृत्यु भएको हो ।

आज कोरोनाका कारण मृत्यु हुनु हुनेहरुमा काठमाडौंकी ७१ र चितवनकी ४० वर्षीया महिला हुनुहुन्छ ।

यस्तैगरी काठमाडौंका ६३, ६७, ललितपुरका ५०, र रुपन्देहीका ७४ वर्षीया पुरुषको पनि पछिल्लो २४ घन्टाभित्र कोरोना संक्रमणका कारण निधन भएको छ ।

कोरोनाकै कारण सुनसरीका ३७ वर्षीय, ८९ वर्षीय र ९० वर्षीय पुरुषको पनि आजै मृत्यु भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा जानकारी गराइयो ।

टेबलमा मृत्यु संख्या यस्तो छ :

प्रतिक्रिया