• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

कर्णालीका प्रमुख सचेतक हटाइए


  • खुला नेपाल
  • सोमवार, अशोज २६, २०७७
  • 20.8K
    SHARES

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश संसदका मुख्य सचेतकलाई हटाई नयाँ नियुक्त गर्नु भएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख शाहीले प्रमुख सचेतक गुलावजंग शाहलाई बर्खात गरी सोही दलका अर्का सांसद सीता नेपालीलाई प्रमुख सचेतकको जिम्मेवारी दिनु भएको हो ।

कर्णाली प्रदेशका नवनियुक्त प्रमुख सचेतक सीता नेपाली र हटाइएका जुलावजंग शाह

हिजो आइतबार दलका १८ सदस्यले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेसँगै चर्किएको सत्तासंघर्ष कर्णाली प्रदेशमा आज मुख्य सचेतक हटाएर अरु चर्किएको छ ।

सत्तारुढ आफ्नै दलका बहुमत सांसदले अविश्वास प्रस्ताव दर्ता गरेलगत्तै संसदीय दलको नेताको हैसियतले प्रदेश सभा दलको विधानको धारा ७ प्रयोग गरेर आफूविरुघ लागेका प्रमुख सचेतक शाहलाई हटाउनुभएको हो । शाहलाई दिइएको पत्रमा ‘तपाईलाई दिइएको कामकारबाही सन्तोषजनक नभएको’ भन्दै जिम्मेवारीबाट हटाइएको भन्ने उल्लेख छ ।

अविश्वासको प्रस्ताव दर्ता भएसँगै प्रमुख सचेतक शाहले भोलि मंगलबारका लागि दलको बैठक आह्वान गर्नुभएको थियो । मुख्यमन्त्रीबाट हटाइएका शाह पूर्वएमाले र नियुक्त गरिएकी नेपाली पूर्वमाओवादी हुनुहुन्छ ।

प्रतिक्रिया