काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा संस्कृतिकर्मी सानु शिवा पहाडीको बुधबार निधन भएको छ । सांसद शिवाको बुधबार बिहान १०ः३० बजे काठमाडौं सिनामंगलस्थित केएमसी अस्पतालमा निधन भएको हो । उहाँ केही समयअघि देखि मुटुसम्बन्धी समस्याबाट ग्रस्त हुनुहन्थ्यो ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य शिवाको निधनमा दुःख व्यक्त गर्नुभएको छ । नेकपा अध्यक्ष ओलीले सांसद शिवाप्रति भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्दै परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।
नेकपाका तर्फबाट प्रतिनिधिसभा सदस्य, संस्कृतिकर्मी शिवाको असामयिक निधनमा दुःख लागेको बताउँदै उहाँले भन्नुभएको छ, ‘सांसद शिवाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त आफन्त र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’
ताप्लेजुङ फुङ्लिङमा जन्मेर विद्यार्थी जीवनदेखि नै गीतमार्फत राजनीतिक तथा सामाजिक सक्रिय शिवा विभिन्न सामाजिक संघसंस्थामा पनि आवद्ध हुनुहुन्थ्यो ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
