• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

अर्थमन्त्रीको पद ग्रहणसँगै विश्वबैंकसँग २० करोड ऋण लिने निर्णयमा हस्ताक्षर


  • खुला नेपाल
  • बिहिबार, अशोज २९, २०७७
  • 8.9K
    SHARES

काठमाडौं  । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले बिहीबार पदभार ग्रहण गर्नुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै अर्थ मन्त्रालय पुग्नु भएका मन्त्री पौडेलले पद बहाली गनु भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिवसमेत रहनु भएका पौडेललाई अर्थमन्त्रीमा नियुक्त गर्नु भएको थियो ।

अर्थमन्त्रालयमा आफ्नो पदभार ग्रहणसँगै उहाँले विश्व बैंकसँग २० करोड रुपैयाँ ऋण लिने पहिलो निर्णयमा हस्ताक्षर गर्नुभएको छ । उक्त रकम कोभिड–१९ को रोगथाममा प्रयोग गरिने छ ।

त्यस क्रममा अर्थमन्त्री पौडेलले कर्मचारीलाई निर्देशन दिनुभएको छ । उहाँ दोस्रोपटक अर्थमन्त्री बन्नु भएको हो ।

प्रतिक्रिया