• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

कांग्रेसका सांसदले दशैं भत्ता नलिने


  • खुला नेपाल
  • सोमवार, कार्तिक ३, २०७७
  • 20K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका संघीय संसदहरुले दशैं भत्ता नलिने भएका छन् । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणद्वारा सोमबार विज्ञप्ति जारी गर्दै आफ्नो दलका संघीय सांसदको दशैं भत्ता फिर्ता गर्ने निर्णय गरिएको छ।

सो विज्ञप्तिमा कांग्रेसका संघीय सांसद कसैले पनि दशैं भत्ता नलिने र त्यसबापतको ४३ लाख २० हजार ८ सय १० रुपंयाँ संसद सचिवालयमार्फत सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने भनिएको छ ।

यसैबीच जारी उक्त विज्ञप्तिमा कोरोना भाइरसको परीक्षण र उपचार स्वयं नागरिकले नै गर्नुपर्ने तथा संक्रमितको होम आइसोलेसनमा मृत्यु भए आफन्तले नै शव व्यवस्थापन गर्नुपर्ने सरकारी निर्णयप्रति काँग्रेसले आपत्ति जनाएको पनि उल्लेख गरिएको छ ।

कोभिड १९ बाट देशभर दिन प्रतिदिन संक्रमित र मृत्यु हुनेको संख्या बढिरहेको अवस्थामा परीक्षण र उपचारको दायरालाई बढाउँदै जानुपर्नेमा त्यसो नगरी सर्वसाधारणले आफ्नो उपचार आफैंले गर्ने निर्णय सर्वोच्च आदलतको “कोरोना भाइरस परीक्षण र सम्पूर्ण उपचार निःशुल्क गर्नू” भन्ने आदेशको अवज्ञा भएको कांग्रेसले जनाएको छ ।

नेता खाँडले सरकारको कोभिड–१९ को उपचारसम्बन्धी निर्णयलाई तत्काल सच्याउन माग पनि गर्नुभएको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतकद्वारा जारी विज्ञप्ति:

प्रतिक्रिया