काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टाभित्र २३ सय ८८ नयाँ संक्रमित थपिएका छन् । कोरोनाका संक्रमित दिनदिनै थपिँएसँगै संक्रमण दर पनि बढिरहेको छ । चाडबाडको समय सुरु भइसकेको छ । आजबाट हिन्दुहरुको सबैभन्दा ठूलो महान चाड दशैं सुरु भएको छ । तर कोरोना कहर झनझन बढिरहेको छ ।
मुलुकभरको भन्दा उपत्यकामा नयाँ संक्रमितको संख्या निकै बढी देखिएको छ । यो संख्या सिंगो देशभरकोभन्दा झन्डै दुई तिहाइ हो ।
काठमाडौं जिल्लामा मात्रै सोमबार २ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।
यस्तैगरी ललितपुरमा २ सय ८१ र भक्तपुरमा ९९ जनामा कोरोना पुष्टि भएको छ । योसहित आजसम्म काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ५७ हजारभन्दा बढी भइसकेको छ । यसमध्ये २६ हजारभन्दा बढी सक्रिय संक्रमित हुनुहुन्छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
