• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

टिकटक प्रतिबन्धबाट दश दिनमै पछि हट्यो पाकिस्तान


  • खुला नेपाल
  • बुधबार, कार्तिक ५, २०७७
  • 6.8K
    SHARES

 

एजन्सी । टिकटकको प्रयोगमा प्रतिबन्ध लगाइएको पाकिस्तानले अहिले फेरि खुकुलो बनाएको छ।

पूर्णरुपमा प्रतिबन्ध लगाइको दश दिनपछि केही प्रतिबन्धात्मक व्यवस्था कायम राख्दै टिकटक प्रयोग गर्न पाइने व्यवस्था गरिएको हो।

पाकिस्तानका सरकारी अधिकारीहरुले सोमबारदेखि पुरानो निर्णयलाई संशोधन गरिएको जानकारी दिएका छन्।

पाकिस्तानी दूरसञ्चार प्राधिकरणले सांस्कृतिक र परम्परागत संस्कारलाई नकारात्मक असर पारेको भन्दै प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

मुस्लीम बहुल मुलुकमा प्रचलनमा रहेका सामाजिक मूल्य मान्यताको उल्लङ्घन भएको र मुस्लीम संस्कृतिमा नसुहाउने गतिविधिहरु टिकटकमार्फत् भएको भन्दै प्राधिकरणमा उजुरी पनि परेको प्राधिकरणले जनाएको थियो।

प्राधिकरणमा परेको उजुरी, विभिन्न क्षेत्रका व्यक्तिहरुको सुझाव तथा दबाबका कारण पाकिस्तान सरकारले यही अक्टोबर ९ तारिखदेखि पाकिस्तानमा टिकटक प्रतिबन्ध लगाएको थियो।

तर, अहिले भने सांस्कृतिकरुपमा असर नपार्ने र उछृङ्खल नहुने किसिमका भिडियोहरु भने शेयर गर्न पाउने गरी केही खुकुलो बनाइएको प्राधिकरणका अधिकारीहरुको भनाइ छ।

टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयका बारेमा संसदमा कुरा उठेर छलफल हुँदा केही प्रतिवन्धात्मक व्यवस्थासहित खुकुलो बनाउनु उपयुक्त हुने सुझाव आएपछि खुकुलो बनाउने निर्णय भएको समाचारमा जनाइएको छ।

प्रतिक्रिया