• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

राष्ट्रपति भण्डारीबाट पुनर्निर्मित रानीपोखरीको उद्घाटन


  • खुला नेपाल
  • बुधबार, कार्तिक ५, २०७७
  • 10.1K
    SHARES

 

काठमाडौं । पुनर्निर्मित ऐतिहासिक रानीपोखरीको उद्घाटन भएको छ । २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त रानीपोखरीको पुननिर्माण सम्पन्‍न भएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले आज एक कार्यक्रमकाबीच उद्घाटन गर्नु भएको हो ।

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुनु भएको छ ।

उद्घाटन कार्यक्रम अघि प्राण प्रतिष्ठाको पूजा गरिएको थियो । यसक्रममा राष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओलीसहित उच्च पदस्थ सरकारकी अधिकारीहरुले रानीपोखरीको अवलाेकन गर्नु भएको थियो ।

२०७२ माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति भण्डारीले नै रानीपोखरी पुनर्निर्माणको शिलान्यास गर्नु भएको थियो । यसअघि गुम्बज शैलीमा निर्माण गरिएको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिर विज्ञहरुको प्रतिवेदनअनुसार प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट (शिखर) शैलीमा पुनर्निर्माण गरिएको छ ।

१८९० को भूकम्पमा मन्दिरमा क्षति भएपछि गुम्बज शैलीमा पुनर्निर्माण गरिएको थियो । शिलान्यास भएको करिब पाँच वर्षपछि रानीपोखरी पुनर्निर्माणको काम पूरा भएको हो ।

राष्ट्रपति भण्डारीले पुनर्निर्मित दरबार हाइ स्कुलको पनि आजै उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया