• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

ट्रम्प र बाइडेनबीच अन्तिम चुनावी बहस सुरू


  • खुला नेपाल
  • शुक्रबार, कार्तिक ७, २०७७
  • 20.3K
    SHARES

 

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्प र उहाँका डेमोक्रेटिक प्रतिस्पर्धी जो बाइडेनबीच राष्ट्रपतीय चुनावअघिको अन्तिम बहस सुरू भएको छ ।

राष्ट्रपतीय निर्वाचन हुन १२ दिन बाँकी छँदा चुनावअघिको अन्तिम बहसमा राष्ट्रपति ट्रम्प र डेमोक्रेटिक प्रतिस्पर्धी बाइडेनबीच टेनेसी राज्यको नास्भिलमा बहस भइरहेको हो ।

जारी बहसको लागि तोकिएका बिषयमा कोभिड-१९ विरूद्धको लडाईँ, अमेरिकी परिवार, जातिय बिषय, जलवायु परिवर्तन, राष्ट्रिय सुरक्षा र नेतृत्व रहेका छन् ।

बहसअघि बाइडनका सल्लाहकारहरूले उहाँले उक्त कार्यक्रमलाई अमेरिकी जनतासँग सिधा कुरा गर्न प्रयोग गर्ने बताएका छन् । ट्रम्पका एकजना रणनीतिकारले भने ट्रम्पले जो बाइडनलाई बोल्न दिएर उहाँलाई गल्ती गर्न दिनुपर्ने प्रतिक्रिया दिएका छन् ।

यसैबीच, बहस हुनुभन्दा यसअघि राष्ट्रपति ट्रम्पले पूर्वाग्रही अन्तर्वार्ता भन्दै आफ्नै एउटा रेकर्डिङ सार्वजनिक गर्नु भएको छ ।

अन्तर्वार्ता लिने सीबिएस न्यूज च्यानलले ट्रम्पले आइतवार प्रशारण हुने उक्त अन्तर्वार्ताको फुटेज पहिल्यै सार्वजनिक गर्न नपाइने आफूसँगको सम्झौता तोडेको जनाएको छ ।

ट्रम्पले उक्त अन्तर्वार्तामा आफूप्रति घृणा र कठोरता प्रस्तुत गरिएको जनाउनु भएको छ । अन्तर्वार्ताकारले राष्ट्रपतिलाई अर्थतन्त्र, महामारी र स्वास्थ्य सेवाका बिषयमा जोड दिएर प्रश्नहरू सोधेका थिए ।

सीबिएस न्यूजले यस घटनालाई ‘अकल्पनिय’ बताउँदै त्यसबाट आफ्नो तटस्थ र सान्दर्भिक रिपोर्टिङमा विचलित नभएको जनाएको छ ।

बीबीसीबाट

प्रतिक्रिया